शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

लेनिनको शव जीवितै जस्तै राख्न रुसले लाखौं डलर खर्चने

शुक्रबार, ०३ वैशाख २०७३, ०७ : ३३
शुक्रबार, ०३ वैशाख २०७३

एजेन्सी– रुसका कम्युनिष्ट नेता ब्लादीमिर लेनिनको शव संरक्षणका लागि यो वर्ष रुसले दुई लाख डलर खर्च गर्ने भएको छ । रुसको स्टेट प्रोक्योरमेन्ट एजेन्सीको वेभसाइटका अनुसार लेनिनको शवलाई उक्त रकम खर्च गरे जीवित जस्तै गरी राखिनेछ । बायोमेडिकल तरिकाले लेनिनको शवलाई संरक्षण गरेर राख्न एक एजेन्सीको खोजी गरिएको छ । रुसी बायोमिेडिकल टेक्नोलोजी रिसर्च एन्ड ट्रेनिङ सेन्टरले सन् १९२४ देखि संरक्षण गरिरहेको छ । उनको शव जनताले देख्न सक्ने गरी मस्कोको रेड स्क्वेयरमा राखिएको छ । अहिले सोवियत संघसँग छुट्टिएपछि लेनिनको शवलाई जलाउने माग उठेको छ । एक अनलाइन सर्वेक्षण अनुसार ६२ प्रतिशत मानिसले लेनिनको उचित सम्मानका साथ जलाउने पक्षमा छन । उनको शवलाई संरक्षण गर्नका लागि लाग्ने पैसाको विषयलाई लिएर अहिले सामाजिक सञ्जालका कुराकानी तथा टिक्का टिप्पणी हुने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप