नेपाल र भारत लाग्यो चोरी–सिकारी नियन्त्रण गर्न
कञ्चनपुर–नेपाल र भारतका वन अधिकारीले वन्यजन्तुको अवैध चोरी–सिकारी नियन्त्रण गर्नका लागि सघनरुपमा कार्यक्रम अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बिहीबार नेपाल र भारतका वन अधिकारीको कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा बसेको संयुक्त बैठकले वन्यजन्तुको चोरी–सिकारी नियन्त्रण गर्नका लागि सीमाक्षेत्रमा संयुक्त गस्तीको कार्यसँगै सूचना आदान–प्रदानको कार्यलाई निरन्तरता दिने निर्णय गरेका छन् ।
बाघ संरक्षणको कार्य चुनौतीको विषय भएकाले यसको रोकथामका लागि समन्वयात्मक ढङ्गले कार्य गर्ने बैठकमा सहमति भएको शुक्लाफाँटा वन्यजन्तु आरक्षका मुख्य संरक्षण अधिकृत बेदकुमार ढकालले बताए ।
उनले भारतीय पक्षबाट महाकाली नदीको ब्रह्मदेव क्षेत्रबाट भइरहेको बालुवा उत्खनन गर्ने कार्य रोक्नका लागि पहल गर्नुपर्ने भारतीय समकक्षीसमक्ष राखेको बताए । भारतीय पक्षले बालुवा उत्खननको कार्य रोक्नका लागि बैठकमा प्रतिबद्धता व्यक्त गरेको उनले बताए । संयुक्त बैठकमा हालसम्म भएका कामको समीक्षा र आगामी योजना निर्माण गर्ने विषयमा छलफलसमेत भएको छ ।
बैठकमा नेपालका तर्फबाट शुक्लाफाँटा वन्यजन्तु आरक्ष कार्यालयका मुख्य संरक्षण अधिकृत बेदकुमार ढकाल, जिल्ला वन कार्यालय कञ्चनपुरका कर्मचारी, भारतको उत्तराखण्ड वन विभागका कर्मचारी, डब्लुडब्लुएफ इन्डियाका कर्मचारीको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेन्दे खोला बाढीको एक वर्ष, रसुवा भन्सारकाे यार्ड अझै अस्तव्यस्त (तस्बिरहरू)
-
मिटरब्याज पीडित र सरकारबिच सिंहदरबारमा वार्ता
-
टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
-
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण