शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

गहुँको बिउ नै नउठेपछि किसानहरु मारमा

शुक्रबार, ०३ वैशाख २०७३, ०७ : ४२
शुक्रबार, ०३ वैशाख २०७३

जाजरकोट – यहाँका अधिकांश किसानहरुले लगाएको गहुँको बिउ नै नउठेपछि किसानहरु मर्कामा परेका छन् ।

खगेनकोट वडा नं ५ का विष्णु खत्रीले गहुँ लगाएर हिउँद् यामको खाद्यान्न संकट टार्ने योजना थियो । तर, आफ्नै जमिनमा लगाएको गहुँको बिउ नै उठेपछि उनी चितिन्त भएका छन् । त्यस्तै सक्ला–१ का दुधवहादुर खत्रीको सपना पनि यसपाली गहुँको बिउ नै नपठ्दा चकनाचुर भएको छ । घरमा भएको मकै सबै सकिएको अवस्था छ । आफ्नो जमिनमा लगाएको गहँुबाट परिवार पाल्ने र सापटी लिएर तिर्ने सम्माको योजना भत्ताभुङ्ग गहुँको बिउ नै नउठेपछि भएको छ । नेपाल खाद्यको चामल पनि एक गेडा देख्न पाईदैंन स्थानीय पसलको चामल महँगो भएर किन्ने अवस्था छैन् । अहिलेसम्म मकै रोप्ने समय भईसक्दा पनि पानी परेको छैन् । सबै जमिनहरु बाँजो नै छ । प्रयाप्त सिचाई सुविधा नहुँदा आकाशे पानीको भरमा लगाएको गहुँवाली पानी नै नपरेपछि बिउ नै नउठेको हो । गहुँवाली लगाएदेखि पाक्दासम्म आकाशवाट एक थापा पानी नपरेपछि गहुँ उत्पादन हुन नसकेको हो । सबै स्थानियहरु वाहिरवाट आयतित खाद्यान्नको भरमा बाँच्नुपर्ने बाध्यता रहेको रहेको छ ।

पहिले भनेको बेला सिजनमा पानी पर्दथ्यो अनि लगाएको अन्नवाली राम्रो उत्पादन हुन्थ्यो । अहिले सिजन अनुसार पानी पर्दैन त्यसैले समस्या भएको नायकवाडा–७ का जनकवहादुर शाहीले बताए । यत्ता पुराना सिचाईको मर्मत नहुँदा र नयाँको संरक्षणामा ध्यान नदिदा वर्षेनी लाखै रकम खर्चेर पनि प्रतिफल आशा लाग्दो नभएको सरोकारवालाहरु बताउँछन् ।

उत्पादनमा गिरावाट आएपछि यहाँका अधिकांश किसानहरुले आफूले लगाएको गहुँवाली काटेर घरमा नै ल्याएका छैनन् । दुख नै नउठ्ने भएपछि उनीहरुले यस्तो गरेको किसानहरुले बताएका हुन् । हेमन्त केसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप