शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

हिमालपारिबाट अख्तियारमा एकमात्र उजुरी

शुक्रबार, ०३ वैशाख २०७३, ०७ : ४३
शुक्रबार, ०३ वैशाख २०७३

मनाङ– अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखरामा मनाङ जिल्लाबाट हालसम्म एउटा मात्र उजुरी परेको छ । पश्चिमाञ्चल क्षेत्र हेर्ने गरी क्षेत्रीय कार्यालय स्थापना भएपछि सबैभन्दा कम उजुरी मनाङबाट एउटा मात्र परेको अख्तियारले जनाएको हो ।

वन तथा वातावरणसँग सम्बन्धित उजुरी मनाङबाट परेको अख्तियार क्षेत्रीय कार्यालय पोखराका प्रमुख डिल्लीराम शर्माले जानकारी दिए । मनाङमा भ्रष्टाचारविरुद्ध उजुरी दिने परम्परा कम भएको र स्थानीयवासीमा सचेतना विस्तार नहुँदा उजुरी कम परेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप