फरार अभियुक्त १२ वर्षपछि गोरखाबाट पक्राउ
पोखरा– ‘पाप धुरीबाट कराउँछ’ भन्ने उखानलाई चरितार्थ गर्दै आफ्नै साथी हत्या गरी फरार अभियुक्तलाई १२ वर्षपछि बिहीबार गोरखामा पक्राउ गरी यहाँ ल्याइएको प्रहरीले जनाएकोे छ ।
पुराना अपराधको अनुसन्धान तथा फरार अभियुक्तको तदारुकताका साथ खोजतलास गरी पक्राउ गर्ने क्रममा २०६० कात्तिक ६ गते आफूसँगै काम गर्ने साथीलाई हत्या गरी फरार रहेको गोरखा जिल्ला मान्वु–८ घर भएका ३४ वर्षीय झोला भन्ने वाला गुरुङलाई गोरखा प्रहरीको समन्वयमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
आफ्रसँगै ट्रेकिङ भरियाको काम गर्दै आएका गोरखा जिल्ला मान्वु–७ घर भई पोखरा–८ नागढुङ्गा बस्ने २८ वर्षीय सुकबहादुर गुरुङलाई पूर्व रिसइवीका कारण सो दिनको राति सोही ठाउँमा रहेको खाली जग्गाको एकान्तमा फेला पारी ब्लक र ढुङ्गाले टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाएर फरार भएको थियो । घाइते सुकबहादुरको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा भोलिपल्ट मृत्यु भएको थियो ।
मृत्यु भएको थाहा भएपछि अभियुक्त गुरुङ फरार भई भारतको दिल्लीमा गई लुकीछिपी बसेकोमा एक महिनाअगाडि निज आफ्नै गाउँको घर गोरखाको मान्वुमा आई लुकिछिपी बसेको छ भन्ने विशेष सूचनाको आधारमा निजलाई पक्राउ गर्न सकिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
-
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
-
आयोगमा १२ हजार जनाले बुझाए सम्पत्ति विवरण, सर्वोच्चको आदेशले काम ठप्प
-
वीरेन्द्रनगरको भिजिट कर्णाली दोहोरी साँझ बाहिर खुकुरी प्रहार, ३ जना पक्राउ, एक फरार
-
लुतो फालेझैँ अधिनायकवादी र लोकतन्त्रविरोधी सोच पनि फालौँ : भीष्मराज आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण