कार्यवाहक राजदूत राजदूत शर्माको अवस्था सामान्य
साउदी अरब–छुरा प्रहारबाट घाइते भई अस्पताल भर्ना भएका साउदी अरबका लागि नेपाली कार्यवाहक राजदूत आनन्दप्रसाद शर्मालाई डिस्चार्ज गरिएको छ ।
छुरा प्रहारबाट मुख, काँध र औँलामा गम्भीर चोट लागेका शर्मालाई उपचारपछि बिहीबार साँझ डिस्चार्ज गरिएको दूतावासका द्वितीय सचिव विजय राउतले जानकारी दिए । राउतका अनुसार शर्माको काँध र मुखमा टाँका लगाइएको छ । उपचारपछि कावा राजदूत शर्माको अवस्था अहिले सामान्य रहेको उनले बताए ।
शर्मालाई बिहीबार बिहान करिब ११ बजे दूतावासकै आश्रयमा बस्दै आएका सुनसरीका लक्ष्मणबहादुर राईले उनको कार्यकक्षमै गएर छुरा प्रहार गरेका थिए । शर्माको कार्यकक्षको ढोकाको चुकुल लगाएर सोफाले थुनेर आक्रमण गरिएको थियो । राई कार्यकक्षमा प्रवेश गरेर एक्कासि आक्रमण गर्न थालेपछि शर्मा चिच्याएका थिए । शर्मा चिच्याएको सुनेपछि दूतावासका कर्मचारीको सहयोगमा साउदी प्रहरीले ढोका तोडेर तुरुन्तै उनलाई उद्धार गरेको थियो ।
“तुरुन्तै उद्धार हुन नसकेको भए ठूलै घटना हुनसक्थ्यो”, राउतले टेलिफोनमा भने। छुरा प्रहारबाट घाइते भएका शर्मालाई तत्कालै उपचारका लागि रियादस्थित किङ फैसल अस्पतालमा पु¥याइएको थियो । शर्मालाई आक्रमण गर्ने राई भने एक महिनाअघि देखि स्वदेश फिर्तीका लागि दूतावासकै आश्रयमा बस्दै आएका थिए । दूतावासका अनुसार मानसिक रोगी रहेका राईलाई केही दिन भित्रैमा स्वदेश पठाउने तयारी भइरहेको थियो ।
यसअघि राईलाई सबै प्रक्रिया पूरा गरेर स्वदेश पठाउनका लागि दुई पटक एअरपोर्ट लगिए पनि विभिन्न बहाना बनाएर स्वदेश फर्कन मानेका थिएनन् । राईले आफू कार्यरत कम्पनीकै भारतीय कामदारलाई समेत चक्कु प्रहार गरी भागेर दूतावासको सरणमा आएको राउतले बताए । छुरा प्रहार गर्ने राईलाई साउदी प्रहरीले नियन्त्रणमा लिएर कार्वाही प्रक्रिया अगाडि बढाएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
-
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
-
आयोगमा १२ हजार जनाले बुझाए सम्पत्ति विवरण, सर्वोच्चको आदेशले काम ठप्प
-
वीरेन्द्रनगरको भिजिट कर्णाली दोहोरी साँझ बाहिर खुकुरी प्रहार, ३ जना पक्राउ, एक फरार
-
लुतो फालेझैँ अधिनायकवादी र लोकतन्त्रविरोधी सोच पनि फालौँ : भीष्मराज आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण