गृहमन्त्रीले भने– ‘संविधान कार्यान्वयन गर्ने र नगर्नेका बीचमा ध्रुविकृत गर्ने कालो प्रयत्न हुँदैछ’
काठमाडौं – गृहमन्त्री शक्ति बहादुर बस्नेतले अहिले देशमा संविधान कार्यान्वयन गर्ने र नगर्नेका बीचमा ध्रुविकृत गर्ने कालो प्रयत्न भैरहेको बताएका छन् । अहिले राज्यका सबै निकायको मूल कार्यभार संविधान कार्यान्वयन भएको भन्दै मन्त्री बस्नेतले केही वृत्तबाट ध्रुविकरणको प्रयत्न भएको बताएका हुन् ।
‘आधा शताब्दी लामो राजनीतिक उतारचढावपछि एउटा स्वाविमानी नागरिकले आर्थिक समृद्धी, सामाजिक न्याय र शुसासनको कुरा गर्नु आवश्यक हो’ राजधानीमा आयोजित उपत्यका विशेष सुरक्षा गोष्ठीको उद्घाटन गर्दै उनले भने, ‘तर यो अवस्थामा मुलुकलाई यो दुईवटा कित्तामा धु्रविकृत गर्ने प्रयास भईरहेको छ ।’
उपत्यकाको सुरक्षा रणनीति निर्माणका लागि गृह मन्त्रालयले आयोजना गरेको गोष्ठीमा गृहमन्त्री बस्नेतले अहिले विशेष परीस्थित रहेकोले विशेष सुरक्षा योजना बनाउनु जरुरी रहेको बताए ।
‘तय गरिएको निर्णय योजना कार्यान्वयन भए नभएको समिक्षा गर्नु संगठनको नियमति काम हो’ उनले भने, ‘तर हामी अहिले विशेष अवस्थामा छौँ, त्यसैले नियमित बाहेक अन्य काम पनि गर्नुपर्छ ।’
उनले अहिलेको अवस्थामा राज्यका सबै निकायको मूल कार्यभार संविधान कार्यान्वयन गर्नु रहेको बताए । विशेष अवस्थामा जनताले संयम भएर राज्यप्रतिको दायित्व पूरा गरेकोले अव राजयले जनताप्रतिको दायित्व पूरा गर्ने बेला आएको उनले बताए । ‘हिजो दुई रुपैयाँ मूल्य बढ्दा हरेक कलेज अगाडी चक्काजाम हुन्थ्यो, संविधान घोषणा भएपछिको कठिन अवस्थामा समेत त्यो दृश्य देखिएन, यो ठूलो जिम्मेवारी बोध हो ।’ उनले भने, ‘पेट्रोल डिजेलको लाईनमा लाग्नुपर्ने अवस्थाको अन्त्य गर्नु राज्यको जनताप्रतिको दायित्व हो ।’
मन्त्री बस्नेतले बदलिएको परिस्थितिमा प्रहरीले आफ्नो आन्तरीक जीवन कसरी स्वस्थ बनाउने भन्ने कुरा पनि महत्वपूर्ण भएको बताए । जनपथ र सशस्त्र प्रहरीका प्रहरी प्रमुखहरु उपस्थित उक्त कार्यक्रममा मन्त्री बस्नेतले सुरक्षा निकाय बीचको समन्वय संगठनको लागि महत्वपूर्ण विषय भएको बताए ।
कार्यक्रममा गृह मन्त्रालयका प्रवक्ता यादव कोइरालाले अहिलेको प्रमुख सुरक्षा चुनौती संविधान कार्यान्वयन भएको बताए । आगामी ६ गतेबाट तराई केन्द्रित दलहरुले उपत्यकालाई असर गर्ने गरी कार्यक्रम तय गरेको जानकारी दिँदै कोईरालाले भने, ‘संघीयता कार्यान्वयन हाम्रो लागि मूख्य चुनौती हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिटरब्याज पीडित र सरकारबिच सिंहदरबारमा वार्ता
-
टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
-
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
-
आयोगमा १२ हजार जनाले बुझाए सम्पत्ति विवरण, सर्वोच्चको आदेशले काम ठप्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण