डर्टमण्डबिरुद्ध लिभरपुलको नाटकीय पुनरागमन
लिभरपुल – जर्मन क्लब बोरुसिया डर्टमण्डबिरुद्ध नाटकीय पुनरागमन गर्दै इंग्लिस क्लब लिभरपुल युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । खेलअवधिमा दुई पटक जीतका लागि तीन गोलको आवश्यकतामा परेको लिपरपुलले अतिरिक्त समयमा गोल गर्दै जर्मन प्रतिद्वन्द्वीलाई पाखा लगाउन सफल भएको हो । क्वाटरफाइनलको पहिलो लेग १–१ को बराबरीमा टुंगिएकोमा बिहिबार राती लिभरपुलको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली डर्टमण्डले खेलको ९ मिनेट भित्र २–० ले अग्रता लिइसकेको थियो । हेनरिक मिखितार्यन र पिइरे एमरिक औबामेयाङले गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाए ।
पहिलो हाफमा समग्रमा ३–१ को अग्रता बनाए पनि दोस्रो हाफको शुरुवातमा डिभोक ओरिगीले गोल गर्दै लिपरपुललाई पुनरागमत झिनो आशा दिलाए । तर, ५७ औं मिनेटमा मार्को रिउसले गोल गर्दै डर्टमण्टलाई खेलमा पुनः २ गोलको अग्रता दिलाए । खेलको ६६ औं मिनेटमा फिलिपे काउन्टिन्होले र ७७ औं मिनेटमा मोमाडु साखोले गोल गर्दै लिभरपुललाई बराबरीमा ल्याए । खेलको अतिरिक्त समयमा डेजान लोभ्रेनले गोल गरेपछि लिभरपुल नाटकीय रुपमा ४–३ र समग्रमा ५–४ ले विजयी बन्यो । युरोपियन फुटबलमा लिभरपुलले नाटकीय पुनरागम गरेको पहिलो अवसर भने होइन । सन् २००५ को च्याम्पियन्स लिग फाइनलमा राफायल बेनिटेजको नेतृत्वमा रहेको लिभरपुलले एसी मिलानबिरुद्ध ३–० ले पछि परेको स्थिति उल्टाउँदै ३–३ को बराबरी गर्दै अन्त्यमा पेनाल्टीमा विजयी बनेको थियो ।
अन्य खेलमा सेभियाले एथ्लेटिक बिल्बाओबीचको खेल ३–३ को बराबरीमा टुंगिएको थियो । पछि पेनाल्टीमा ५–४ ले पराजित गर्दै सेभिया सेमिफाइनलमा प्रवेश गरेको छ । त्यस्तै, साख्तार डोनेस्कले स्र्पोटिङ ब्रागा र भिल्लेरियालले स्पार्टा प्रागलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
-
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
-
आयोगमा १२ हजार जनाले बुझाए सम्पत्ति विवरण, सर्वोच्चको आदेशले काम ठप्प
-
वीरेन्द्रनगरको भिजिट कर्णाली दोहोरी साँझ बाहिर खुकुरी प्रहार, ३ जना पक्राउ, एक फरार
-
लुतो फालेझैँ अधिनायकवादी र लोकतन्त्रविरोधी सोच पनि फालौँ : भीष्मराज आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण