७१ वर्षको उमेरसम्म पनि शौचालय नजाँदा...
मोरङ– ७१ वर्षको उमेरसम्ममा पनि कसैले चर्पी प्रयोग गरेन भनेको सुन्दा कसले पत्याउला र ? तर यो कुरा सत्य हो । सुन्दा अचम्म लाग्न सक्छ, मोरङ बुधनगर–९ का मिश्री शर्माले ७१ वर्षको उमेर टेके तर अहिलेसम्म शौच गर्न उनी कहिल्यै चर्पी गएका छैनन् । उनी मात्र होइन । शर्माजस्तै ७० वर्षका रामलाल दास, भूमिलाल यादवले पनि अझैसम्म शौच गर्न चर्पीको प्रयोग गरेका छैनन् । उनीहरु गाउँमा खुला ठाउँमा दिसा गर्न बन्देज लगाएपछि भने चर्पी प्रयोग गर्ने तयारीमा छन् । उनीहरुले जीवन भोगाइका क्रममा धेरै उतार–चढाव भोगेका छन् । तर बल्लतल्ल ७१ वर्षको उमेरमा उनी चर्पी प्रयोग गर्ने विचारमा छन् । सामान्य परिवारका उनीरुमा अझै चर्पीमा शौच गरेको अनुभव छैन । तर चर्पीमा शौच गर्न इच्छुक भने रहेको सुनाउँछन् ।
एकहत्तर वर्षको उमेरसम्म खुला आकाशमुनि शौच गर्ने बानी बसेका उनीहरु शौचालय प्रयोगको अनुभव बटुल्ने तयारीमा छन् । गाउँमा खुला ठाउँमा दिसा गरिन बन्देज गरिएपछि उनीहरुले चर्पीमा शौच गर्ने इच्छा व्यक्त गरेका हुन् । ७१ वर्षीय मिश्रीलाल शर्माले भने, “जन्मेदेखि अहिलेसम्म शौच गर्न चर्पीको प्रयोग गरेको छैन ।” घरमा चर्पी नभएर बाहिरै शौच गर्ने उनी चर्पी बनाएपछि भने शौच गर्न बाहिर नजाने बताउँछन् ।
मोरङको बुधनगर गाविसलाई २०७४ असार मसान्तभित्र खुला दिसामुक्त गाविस घोषणा गर्ने अभियान सुरु भएपछि उनीहरु चर्पी प्रयोग गर्न इच्छुक भएको बताउँछन् । शर्माजस्तै ७० वर्षका रामलाल दासले पनि अझैसम्म चर्पीको भित्र रुप देखेका छैनन् । गाउँमा खुला ठाउँमा दिसा गर्न बन्देज लगाएपछि उनी बाध्य भएर पनि चर्पीमै शौच गर्ने तयारीमा छन् । बुधनगर– ३ का अर्जुन मेहताले ६ वर्षअघि घरमा शौचालय बनाएका थिए । तर, उनलाई सधैँ खुला ठाउँमा शौच गर्ने सुरुका दिनमा बानी पर्न मुस्किल प¥यो । उनले भने, “चर्पी प्रयोग गर्दा सुरुमा शौच गर्दा आउँदैन, तर बानी परेपछि आइहाल्छ ।”
बुधनगर गाविस सचिव दयाराम सिलवालका अनुसार सो गाविसमा दुई हजार ४२६ घरपरिवारका ५८५ चर्पी छन् । त्यसैगरी, एक हजार ८४१ घरपरिवारको चर्पी नभएको बुधनगर गाविस सचिव सिलवालको भनाइ छ ।
शौचालय जान थालेपछि गाउँ नै सफा
खोला, खोल्सी र बाँसघारीलाई दिसापिसाब गर्न काम चलाउने मोरङका राजघाट–४ चौधरी गाउँवासी यतीखेर शौचालय धाउन थालेका छन् । शौचालय भएपछि न कसैले देख्छ भन्ने डर न गाउँ फोहर र दुर्गन्धीत हुने चिन्ता, स्थानिय पञ्चु चौधरीले भने, ‘अहिले ढुक्क छौ’ ।
चौधरीका अनुसार पहिले गाउँभरि दुर्गन्धै दुर्गन्ध, राम्रोसँग हेरेर हिँडेन भने खुट्टाले फोहोर कुल्ची हालिन्थ्यो । गाउँलेको त्यस्तो अवस्था देखेर शौचालय बनाउने हैरान थिए । वरपर नाक थुनेर हिँड्नुपर्ने बाध्यता रहेको थियो । स्थानीय आशाराम चौधरीले भने, “खोलाखोल्सीमा राति शौच गर्दा सर्पले डस्ला कि दुर्घटना होला कि भन्ने डर थियो अहिले भयमुक्त छौँ ।” आशारामले छोरीचेलीलाई राति शौच गर्न जाँदा केही हुने हो कि भनेर सधैँ चिन्तित हुनुपर्ने समस्या टरेको बताए । राजघाट सरसफाइ समन्वय समितिले चौधरी समुदायलाई चेतना जगायो र चर्पी निर्माणका लागि रिङ, पेनसमेत सहयोग ग¥यो । ५४ घरपरिवार रहँदै आएको सो चौधरी गाउँमा कमजोर आर्थिक अवस्थाका कारण उनीहरुले चर्पी बनाउन सकेका थिएनन् । खुल्ला दिसामुक्त अभियानले गर्दा चौधरी टोलका समुदायमा सरसफाइसम्बन्धी चेतना जाग्यो । आजभोलि गाउँमा कोही खुल्ला दिसा गर्दैनन् । राजघाट सरसफाइ समन्वय समितिका अध्यक्ष मुक्ति बराल चौधरी टोलमा सबैले शौचालय बनाएकोमा खुसी प्रकट गर्छन् ।
चौधरी टोल अचेल निकै सफासुग्घर देखिन्छ । पहिलेजस्तो फोहोर टेकेर हिँड्नु पर्ने दिन सकिएको अध्यक्ष बराल बताउँछन् । चौधरी टोल मात्र होइन मोरङका बहुसङ्ख्यक नगरपालिका र गाविस खुला दिसामुक्त क्षेत्र भएका छन् ।
जिविस मोरङको वातावरण शाखाका अनुसार मोरङमा जिविस, जिल्लामा चार नगरपालिकामा लुमन्ती आवासका लागि सहयोग समूह र प्लान नेपालको सहयोगमा प्रत्येक घरमा चर्पी बनाएपछि खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिटरब्याज पीडित र सरकारबिच सिंहदरबारमा वार्ता
-
टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
-
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
-
आयोगमा १२ हजार जनाले बुझाए सम्पत्ति विवरण, सर्वोच्चको आदेशले काम ठप्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण