नयाँ टोली गुजरात आइपीएलको शीर्ष स्थानमा
राजकोट – इन्डियन प्रिमियर लिगमा नव प्रवेशी टोली गुजरात लायन्सले अर्को नयाँ टोली पुणे सुपरजायन्टसलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लेको छ । बिहिबार भएको खेलमा ७ विकेटको सहज जित निकाल्दै दुई खेलमा दुई जीतसहित गुजरात शीर्ष स्थानमा उक्लेको हो । पुणेले प्रस्तुत गरेको १ सय ६४ रनको लक्ष्य गुजरातले मात्र तीन विकेट गुमाउँदै १८ ओभरमै सफलतापूर्वक पछ्यायो । गुजरातका लागि ओपनरद्वय एरोन फिन्च र ब्राण्डन म्याकुलमले पहिलो विकेटका लागि ८४ रनको साझेदारी गर्दै राम्रो शुरुवात दिलाए । फिन्च र म्याकुलमले क्रमशः ५० र ४९ रन बनाए । कप्तान सुरेश रैनाले २४ र ड्वेन ब्राभोले नटआउट रहँदै २२ रन बनाएपछि गुजरातले सहज जित दर्ता गर्यो । पुणेका लागि मुरुगन आश्विनले २ विकेट तथा इशान्त शर्माले एक विकेट लिए । यसअघि, टस जितेर पहिलो ब्याटिङ गरेको पुणेले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६३ रन बनाएको थियो । फाप डु प्लेसिसले सर्वाधिक ६९ रन बनाए भने केभिन पिटरसनले ३७ रनको योगदान दिए । पुणेले राम्रो शुरुवात गरे पनि अन्तिम १२ बलमा ३ रन मात्र दिएर रविन्द्र जडेजाले खेलको मोड परिवर्तन गरे । गुजराजतका लागि प्रविण ताम्बे र रविन्द्र जडेजाले २–२ विकेट लिए । जीतसँगै दुई खेलबाट सर्वाधिक ४ अंक बटुल्दै जुगराजत लिगको शीर्ष स्थानमा उक्लेको छ । पुणे भने चौंथो स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिटरब्याज पीडित र सरकारबिच सिंहदरबारमा वार्ता
-
टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
-
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
-
आयोगमा १२ हजार जनाले बुझाए सम्पत्ति विवरण, सर्वोच्चको आदेशले काम ठप्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण