भाइरल बन्यो मोदीको ‘शक्तिशाली पञ्जा’
नयाँ दिल्ली – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बेलायतको राजकुमार विलियमसँग हात मिलाएपछिको तस्विर यतिबेला समाजिक सञ्जालमा भाइरल बनेको छ । धेरैले यसलाई मोदीको ‘शक्तिशाली हातेमालो’ भन्दै खिल्ली उडाएका छन् । हात मिलाएपछि देखिएको तस्विरमा राजकुमारको रातो हात सेतै बनेको थियो । यस्तो प्रायः रक्तसञ्चार रोकिएपछि हुने गर्छ । यो तस्विर सबैभन्दा पहिले चिनियाँ मिडिया पिपुल्स डेलीले ट्वीट गरेको थियो । जसमा ‘यो भारतीय प्रधानमन्त्रीको सबैभन्दा शक्तिशाली हातेमालो हो । राजकुमारको हात देखेर यही लाग्छ’ भनेर लेखिएको थियो । त्यसपछि उक्त तस्विर सामाजिक सञ्जालमा यो तस्विर भाइरल बन्यो । मोदीका समर्थक यसलाई ‘फलामे पञ्जा’ भन्न सम्म भ्याए ।
विलियम र केट मिडलटनको सम्मानमा मोदीले हैदराबाद हाउसमा लञ्चको आयोजना गरेका थिए । त्यही बेला मोदीले राजकुमारसँग हात मिलाएपछि उक्त तस्विर लिइएको थियो । यता, बेलायती मिडियाले भने यसलाई भारत र बेलायतबीचको सशक्त सम्बन्धको निशानी भएको बताएका छन् । द टेलिग्राफले यही आसयको समाचार लेखेको छ । यता डेली मेलले लेखेको छ, ‘अब राजकुमार विलियम र केटलाई कुनै शंका हुनेछैन कि मोदी १ अर्ब जनताका प्रधानमन्त्री हुन् ।’ समाजिक सञ्जालमा भने मोदीको यस तस्विरको निकै खिल्ली उडाइएको थियो । ‘पक्कै पनि मोदी पकौडा बनाउँदै थिए । रामकुमारको हातमा हेर्नुहोस्, त्यो सेतो रंग पक्कै पनि बेसन हो,’ एक जनाले यो सम्म लेख्न भ्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिटरब्याज पीडित र सरकारबिच सिंहदरबारमा वार्ता
-
टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
-
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
-
आयोगमा १२ हजार जनाले बुझाए सम्पत्ति विवरण, सर्वोच्चको आदेशले काम ठप्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण