कलाकारका नाममा युएईमा मानवतस्करी : एनआरएन आईसीसीको प्रतिवेदनमा तस्करी भएको ठहर
युएई – गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएन आईसीसी) ले युएईमा युवती तस्करी प्रकरणमा संलग्नलाई कानुनी कारबाही गर्नु पर्ने सिफारिससहितको प्रतिबेदन प्रस्तुत गरेको छ । गत फेब्रुअरी १२ मा सम्पन्न भ्यालेन्टाइन नाइट्स साँस्कृतिक कार्यक्रममा ५ जना युवतीहरु सहित ६ जना व्यक्तिबाट प्रति व्यक्ति ३ लाखसम्म लिएर कलाकारको भेषमा युएई ल्याएर गैर कानुनी तवरले मानव तस्करी गरेको भन्दै एनआरएन आईसीसीले नेपाल प्रहरीको अपराध अनुसन्धान शाखासमक्ष यसको जाँचबुझ र आवश्यक कारबाही गर्न माग समेत गरेको छ ।
यसअघि रातोपाटीमा प्रकाशित युवती तस्करी प्रकरण बारेको समाचार अध्ययन गर्न साउदी अरवबाट युएई आएका एनआरएनए (आईसीसी) अन्तर्गतको वैदेशिक रोजगार तथा आप्रवासी कामदार कल्याण समितिका संयोजक धर्म केसीले युएईमा रहेका बिभिन्न संघसंस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रमुख, आयोजक तथा पत्रकारहरुसँग छलफल गरी आयोजकले तस्करी गरेकै ठहर सहितको प्रतिबेदन पेश गरेका छन् । प्रस्तुत प्रतिबेदनमा नेपाली काँग्रेस निकट जनसम्पर्क समितीका अध्यक्ष चित्र केसी, एमाओवादी निकट नेपाली जनप्रगतिशिल मन्चका अध्यक्ष हेमन्त पौडेल, एमाले निकट प्रबासी मन्चका अध्यक्ष श्याम कंडेल तथा वैद्य माओवादी निकट काशी काफ्लेले उक्त कार्यक्रममा गलत तथा बदमासी भएको भन्दै संलग्नलाई कारबाही गर्नु पर्ने माग गरेका छन् । प्रवासी मञ्चका अध्यक्ष श्याम कँडेलले भने आफ्नो संगठनलाई अनाधिकृत रुपमा मुछिएको भन्दै संगठनले छानबिन गरिरहेको बताएका छन् । त्यसैगरी नेपाली समाज, युएईका अध्यक्ष चन्द्र प्रसाद सापकोटाले पनि गलत कार्यलाई गलत भन्न सक्नु पर्ने भन्दै त्यसलाई सुधार्न सबैको कर्तब्य रहेको बताएका छन् । उनले यस कार्यमा नेपाल सरकार तथा युएईको नेपाली दुताबासले के कस्तो कारबाही गर्छ त्यो हेर्न पर्खिबसेको जनाएका छन् । अर्को तिर आयोजकका तर्फबाट समिम खानले भने उक्त आरोपलाई अस्वीकार गरेका छन । उनले आफुहरुले कसैसँग पनि रकम असुली नगरेको र कोही कसैले प्रमाण दिए फिर्ता गराउन सहयोग गर्ने बताएका छन् । उनले एनआरएन युएईका उपाध्यक्ष रमेश श्रेष्ठ र प्रबिणकाजी श्रेष्ठले ब्यक्तिगत रिसिबी साँधेको आरोप समेत लगाएका छन् । श्रेष्ठद्वयले भने आयोजकसँग आफुहरुको कुनै ब्यक्तिगत रिसिबी नरहेको भन्दै युवतीहरुलाई दुताबासमा हाजिर गराएर उनीहरुको कालो कर्तुत पर्दाफास गरेकोले उनी बिचलित भएको हुनसक्ने जानकारी गराए । आरोपित मध्येका एक प्रबासी नेपाली मन्चका उपाध्यक्ष महेश गिरीले समेत युवती तस्करी प्रकरणमा आफ्नो संलग्नता नरहेको स्पस्ट परेका छन् । उनले आयोजक समिम खान युवा संघमा रहेकोले कलाकार ल्याउन सिफारिस गरिएको भने स्वीकार गरेका छन् । राजदूतलाई धम्की ! प्रतिबेदनमा राजदूत धनन्जय झाले आफूलाई आयोजक समिम खानले धम्क्याएको बताएका छन् । झाका अनुसार युएई आएका भनिएका १० जना कलाकार मध्ये ४ जना मात्र कलाकार, १ जना परिवार र ५ जनालाई बिशुद्ध रोजगार दिलाइदिने प्रलोभनमै रकम असुलेर युएईमा ल्याइएका हुन् । उनले नेपाल सरकारको कानुन र दर्ता मुताबिक प्रबासमा एनआरएन मात्रै बैद्य संस्था रहेकोले यस्ता कार्यक्रम गर्न स्वीकृति एनआरएनलाई मात्र दिनु पर्नेमा जोड दिएका छन् । त्यसका लागि उनले एनआरएन दलिय राजनीतिबाट माथि उठ्नु पर्ने बताएका छन् ।
यो पनि पढ्नुहोस्
साँस्कृतिक कार्यक्रमको नाममा मानव तस्करी, नेपालबाट यसरी दुबई पुगे ६ युवती
युवती तस्करी प्रकरणमा मन्चले भन्यो–क्रिएटिभ युथसँग हाम्रो सम्बन्ध छैन
युवती तस्करी प्रकरण: दलालहरुलाई कारबाही गराउन एनआरएन युएईको सकृयता
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिटरब्याज पीडित र सरकारबिच सिंहदरबारमा वार्ता
-
टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
-
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
-
आयोगमा १२ हजार जनाले बुझाए सम्पत्ति विवरण, सर्वोच्चको आदेशले काम ठप्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण