उपत्यकाको सुरक्षा रणनीति तय गर्न 'विशेष सुरक्षा गोष्ठी'
काठमाडौँ– काठमाडौँ उपत्यकाको आगामी दिनको सुरक्षा रणनीति बनाउने उद्देश्यसहित आज यहाँ ‘उपत्यका विशेष सुरक्षा गोष्ठी’ सुरु भएको छ ।
गोष्ठीमा तराई केन्द्रित दलले जनजाति समेतको सहभागितामा गर्ने भनेको राजधानी केन्द्रित आन्दोलन, पेट्रोलियम पदार्थको सहज आपूर्ति, सुरक्षा योजना लगायतका विषयमा छलफल भइरहेको छ ।
गोष्ठीमा गृहमन्त्री शक्तिबहादुर बस्नेत, गृह मन्त्रालयका सचिव नारायण गोपाल मलेगो, मन्त्रालयका सहसचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको सहभागिता रहेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री बस्नेतले राजधानीको सुरक्षा योजनाबारे साझा धारणा बनाउन गोष्ठी सफल हुने विश्वास व्यक्त गरे ।
उनले सुरक्षा निकायबीचको आपसी समन्वय, उनीहरुको आन्तरिक जीवन सुदृढ र सबल बनाउने विषयमासमेत गोष्ठीमा छलफल आवश्यक रहेको धारणा राखे । अहिले मुलुक सामान्यभन्दा अलि विशिष्ट अवस्थामा रहेको भन्दै सुरक्षा निकायले नियमितभन्दा अझ बढी सक्रिय हुन आवश्यक रहेकोमा उनले जोड दिए ।
गृहमन्त्री बस्नेतले संविधान कार्यान्वयन गर्ने र नगर्ने भनी मुलुकलाई धु्रवीकृत गर्ने प्रयास भइरहेको बताउँदै उनले राज्यका सबै निकाय संविधान कार्यान्वयनमा लाग्नुपर्ने भनाइ राखे ।
संविधान कार्यान्वयनमा देखिने जटिलता, आपूर्ति व्यवस्थामा देखिएको असहजता, विधिको शासन, नियमित सुरक्षा व्यवस्था र अपराधको नयाँ स्वरुप लगायतका चुनौतीको कसरी सामना गर्ने विषयमा योजना बनाउन उनले सुरक्षा निकायलाई निर्देशन दिए ।
आपूर्ति व्यवस्था अझै सहज हुन नसकेकोतर्फ इङ्गित गर्दै उनले भने, “आपूर्ति व्यवस्था असहज भएको कठिन अवस्थामा जनताले धैर्यधारण गरेर राज्यप्रतिको दायित्व पूरा गरे, अब आपूर्ति व्यवस्थित र पारदर्शी बनाएर राज्यले जनताप्रतिको दायित्व पूरा गर्ने बेला आएको छ ।”
गृह मन्त्रालयका शान्तिसुरक्षा महाशाखाका प्रमुख तथा सहसचिव यादव कोइरालाले राजधानीको सुरक्षाको भावी कार्ययोजना बनाउन नियमित कार्यक्रमअन्तर्गत नै सुरु भएको गोष्ठी आजै सकिने जानकारी दिए । अहिले गोष्ठीको बन्दसत्र चलिरहेको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
-
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
-
आयोगमा १२ हजार जनाले बुझाए सम्पत्ति विवरण, सर्वोच्चको आदेशले काम ठप्प
-
वीरेन्द्रनगरको भिजिट कर्णाली दोहोरी साँझ बाहिर खुकुरी प्रहार, ३ जना पक्राउ, एक फरार
-
लुतो फालेझैँ अधिनायकवादी र लोकतन्त्रविरोधी सोच पनि फालौँ : भीष्मराज आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण