नागरिकता बिनाका नागरिकका दुःख
काठमाडौं– कास्की लेकसाइडका सुरज हजारे दाहाल (२५) पोखरा बस्छन्, स्कुलमा पढाउँछन् । स्नातक तेस्रो बर्षमा पढदैछन् । तर उनीसँग नेपाली नागरिकता छैन । कक्षा १२ मा पढ्दै गर्दा उनले मोबाइलको सिमकार्ड लिन खोजेका थिए । तर नागरिकता नभएकै कारण पाउन सकेनन् । उनकी आमा मैयाँ दाहालले भारत, मुम्बईका नितिन हजारेसँग २६ बर्षअघि प्रेम–विवाह गरेकी थिइन् । तर सुरजसहित चार सन्तान जन्मेपछि नितिनको मृत्यु भयो । नेपालमै बसिरहेको हुनाले सुरजले नेपाली नागरिकता नै लिन चाहे । त्यसका लागि पोखरा उपमहानगरपालिका निकै धाए । थाकेर गृह मन्त्रालय पुगे । तर गृह मन्त्रालयले उनको निवेदन अस्वीकार गर्दै भारतीय दुतावास जान सुझायो । भारतीय दूतावास पनि पुगे । दुतावासले भनिदियो, ‘हामी तिम्रो बाबुको सन्दर्भमा मात्रै काम गर्न सक्छौं । आमाको सन्दर्भमा केही गर्न सक्दैनौं ।’
दूतावासको प्रतिक्रियापछि उनी निराश छन् । आफ्नी आमाको वंशजका आधारमा आफूले नागरिकता पाउनुपर्ने तर्क सुरजको छ । तर संविधानमा भएको विभेदका कारण उनले आमाको नामबाट नागरिकता लिन सकेका छैनन् । ‘म यहीँ जन्मिएँ, हुर्किएँ । मेरी आमा नेपाली नै हुनुहुन्छ । मैलेचाहिँ नेपाली नागरिक हुन किन नपाउनु ?’ उनी प्रश्न गर्छन्, ‘नागरिकता दिन मेरो योग्यता नपुग्ने वा नमिल्ने भए अनागरिक घोषणा गरेर देश निकाला गर्नुपर्यो नि !’ पुल्चोककी नेहा गुरुङ (२१) पनि नागरिकता नपाएकै कारण समस्यामा परिरहेकी छिन् । सानैमा बाबुले छोडेर हिँडेपछि उनी र बहिनी निकितालाई आमा दिप्ती गुरुङले एक्लै हुर्काइन् । उनकी आमासँग बंशजको नागरिकता छ तर छोरीलाई आफ्नो नाममा नागरिकता बनाइदिन सकेकी छैनन् ।
नागरिकता नपाएकै कारण उनले एमबिबिएस पढ्न पाइनन् । १८ हजार रुपैयाँ बुझाएर एमबिबिएसको ब्रिजकोर्ष गरेकी थिइन् । तर कलेजको ‘इन्ट्रान्स’ परीक्षामा नागरिकता नभएकै कारण सहभागी हुन पाइनन् । त्यस घटनाले उनीलाई ‘डिप्रेसन’को अवस्थामा समेत पुर्यायो । बिस्तारै सम्हालिँदै उनले कानून पढ्ने निधो गरिन् । छात्रवृत्ति लिएर विदेश अध्ययन गर्ने उनको चाहना राहदानी बनाउन नसक्दा पूरा भएको छैन । स्कुटर छ, तर लाइसेन्स पनि बनाउन सकेकी छैनन् । ‘पहिले त यो सानो कुरा हो जस्तो लागेको थियो’ नेहाले भावुक हुँदै भनिन्, ‘तर जब करियरमा नै असर पर्ने भयो, तब पो थाहा भयो यो निकै ठूलो बिषय रहेछ ।’
उनको जन्मदर्तामा ‘बाबु पत्ता नलागेको’ उल्लेख छ । तर नागरिकताको प्रमाणपत्रमा त्यस्तो राख्न चाहन्नन् । ‘जन्मेदेखि सबै जिम्मेवारी आमाले निर्वाह गर्नुभयो भने मैले आमाको नाममा नागरिकता किन नपाउने ?’ उनको प्रश्न छ ।
उनको जन्मदर्तामा ‘बाबु पत्ता नलागेको’ उल्लेख छ । तर नागरिकताको प्रमाणपत्रमा त्यस्तो राख्न चाहन्नन् । ‘जन्मेदेखि सबै जिम्मेवारी आमाले निर्वाह गर्नुभयो भने मैले आमाको नाममा नागरिकता किन नपाउने ?’ उनको प्रश्न छ । बहिनी निकिता गुरुङले पनि उस्तै समस्या झेलिरहेकी छिन् । कक्षा ९ मा पुगेपछि एसएलसीको फाराम भर्दा उनीको जन्मदर्ता खोजियो । स्थानीय निकायबाट जन्मदर्ता हुने भयो तर ‘बावु पत्ता नलागेको’ उल्लेख गरिएको प्रमाणपत्र लिन मन लागेन । त्यसको लागि सर्वोच्च अदालतमै रिट दायर गर्नुपर्यो । ‘अहिलेसम्मका सबै प्रक्रियामा बुबा हामीसँग हुनुहुन्न्थ्यो भने अहिले आएर हामीलाई उहाँको जमिन, सम्पत्ति र पहिचान हामीलाई किन चाहियो ?’ उनको तर्क छ । स–साना काममा पनि नगरपालिकामा जाँदा तपाईंको बाबा को हो, बाबालाई लिएर आउनुस या बाबाको नागरिकता लिएर आउनुस्, नाता प्रमाणित गर्नुपर्छ भनेर भनेको सुन्दा दिक्क लाग्छ, पीडा हुन्छ । उनी भन्छिन्, ‘म मेरी आमाको नामबाट चिनिन चाहन्छु नि ।’ यता, सप्तरी राजविराज निवासी अरुणकुमार साहको समस्या पनि त्यस्तै छ । उनका बाबु उनी जन्मनुअघि नै भारतबाट सप्तरी आएर व्यापार शुरु गरेका थिए । तीन पुस्तादेखि राजविराजमा बस्दै आएका उनको परिवार कसैको नागरिकता बन्न सकेको छैन । उनी नेपालमै जन्मिए, हुर्किए र आफ्नो घरजम बसाए ।
अहिले उनका २२ र १९ वर्षका छोरा छन् । ठूलो छोराको त बिहे पनि भइसकेको छ, सन्तान पनि भइसकेका छन् । तर न त उनीहरूको जन्मदर्ता हुन सकेको छ, न त नागरिकता प्रमाणपत्र नै । नागरिकताका लागि उनी निकैपटक सप्तरी जिल्ला प्रशासनमा धाए । तर कानुन र नियमावली बन्न नसकेको भन्दै प्रशासनले नागरिकता दिएको छैन ।
चितवन, जगतपुरका मानबहादुर सुनारको कथा अझ दर्दनाक छ । जन्मिएको एक बर्षमा आफूलाई मामाघरमै छोडेर हिँडेकी आमा फर्केर आइनन् । बुबाको अत्तोपत्तो नै छैन । २६ वर्षका उनी मामाघरमा हजुरआमा दिलमाया सुनारको काखमा हुर्किए । कक्षा पाँच पढ्ने बेलामा विद्यालयले जन्मदर्ता खोजेपछि उनको पढाइ बिचैमा छुट्यो किनभने उनको जन्मदर्ता नै थिएन । पढ्न नपाएपछि घर बनाउने मिस्त्रीको साथ लागेर उनले काम गर्न सिके । काममा दक्ष भए पनि उनले निर्धक्क काम गर्न सकेका छैनन् किनकि मिस्त्रीको लागि पनि लाइसेन्स चाहिने नियम नेपाल सरकारको छ । नागरिकता नभएको कारण उनको लाइसेन्स बनेको छैन । कामलाई निरन्तरता कसरी दिने भन्ने समस्या त छँदैछ, त्यसमाथि छ र दुई वर्षका छोरीको पढाइ कसरी अगाडि बढाउने भन्ने चिन्ताले सताएको छ । मामाघर तिरबाट नागरिकता बनाउने कोशिस गरे पनि बन्न नसकेको उनले सुनाए । नेपालको संविधान–२०७२ को भाग २ धारा ५ मा नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिलाई वंशजको आधारमा नेपालको नागरिकता प्रदान गरिनेछ भनेर उल्लेख गरिएको छ । आमाको नाममा नागरिकता पाउने छोराछोरीहरूको हकमा बाबुको नाम लेख्ने ठाउँमा ‘बावु पत्ता नलागेको’ भनेर लेख्ने कुराले महिलाको सम्मान र आत्मसम्मानमा गहिरो ठेस पुर्याएको महिला अधिकारकर्मीहरूको गुनासो छ । नागरिकताबाट प्रभावित व्यक्तिहरूको सञ्जालकी अध्यक्ष दिप्ती गुरुङ भन्छिन्, ‘जुन देशको संविधानमा ‘बावु पत्ता नलागेको’ भनेर सगर्व महिलामाथि विभेद गरिएको छ भने अन्त कहाँ राम्रो आशा गर्न सकिन्छ ?’
संविधानको भाग दुई धारा १० मा नेपालको कुनै पनि नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट बञ्चित गरिने छैन भनेर उल्लेख गरिएको छ । त्यसैगरी धारा १० कै उपधारा ४ मा नेपालभित्र फेला परेको पितृत्व र मातृत्वको ठेगान नभएको प्रत्येक नाबालक नीजको बाबु वा आमा फेला नपरेसम्म वंशजको आधारमा नेपालको नागरिक ठहर्नेछ भनेर उल्लेख गरिएको छ ।
त्यसैैगरी धारा १२ मा वंशजकोे आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यक्तिले नीजको आमा वा बुबाको नामबाट लैंगिक पहिचानसहितको नेपालको नागरिकताको प्रमाणपत्र पाउन सक्नेछ भनेर लेखिएको छ । संविधानको भाग दुई धारा १० मा नेपालको कुनै पनि नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट बञ्चित गरिने छैन भनेर उल्लेख गरिएको छ । त्यसैगरी धारा १० कै उपधारा ४ मा नेपालभित्र फेला परेको पितृत्व र मातृत्वको ठेगान नभएको प्रत्येक नाबालक नीजको बाबु वा आमा फेला नपरेसम्म वंशजको आधारमा नेपालको नागरिक ठहर्नेछ भनेर उल्लेख गरिएको छ । त्यस्तै उपधारा ५ मा नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिलाई वंशजको आधारमा नेपालको नागरिकता प्रदान गरिनेछ । तर बाबु विदेशी नागरिक भएको ठहरेमा त्यस्तो व्यक्तिको नागरिकता संघीय कानून बमोजिम अंगीकृत नागरिकतामा परिणत हुनेछ भनेर लेखिएको छ । त्यस्तै उपधारा ६ मा नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा संघीय कानुन बमोजिम नेपालको अंगीकृत नागरिकता लिन सक्नेछ भनेर उल्ल्लेख गरिएको छ । अधिकारकर्मी सुबिन मुल्मी नागरिकता सम्बन्धमा नेपालको संधिान–२०७२ ले केही सजिलो व्यवस्था गरेतापनि व्यावहारिक रूपमा परेको अप्ठेरो सल्ट्याउनको लागि तीन कुरामा ध्यान दिनुपर्ने बताउँछन् । उनी भन्छन्, ‘पहिलो कुरा नागरिकता सम्बन्धी प्रशासनिक र व्यावहारिक अप्ठेरा मिलाएर जानुपर्छ ।’ नागरिकता प्रमाणपत्रको लागि खास कुन कुन कागजात मिलाउनु पर्ने हो, त्यसको निक्र्योल हुनुपर्ने उनको राय छ । तिनै र उस्तैखाले प्रमाणहरु लिएर जाँदा कुनै जिल्लामा नागरिकता सहजै पाइने र कुनै जिल्ला प्रशासनले निकै दुःख दिने गरेको घटनाहरु बढ्दै गएको उनी बताउँछन् । त्यसैगरी सरकारले चुनावको बेलामा मात्र होइन, अरू बेलामा पनि टोली गठन गरेर गाउँ–गाउँबाट नागरिकता वितरण गर्नुपर्ने मुल्मीको सुझाव छ । ‘दुर्गम जिल्लाका दुर्गम गाउँमा बस्ने र कमजोर आर्थिक अवस्था भएकाहरू सदरमुकाम आउन सक्दैनन् । त्यस्तो बेलामा वितरण टोली गाउँमै गयो भने नागरिकता पाउन नसकेका जनताको लागि राहत हुन्छ ।’, उनले भने । जिल्ला प्रशासन कार्यालय र नगरपालिकामा नागरिकता र व्यक्तिगत घटनाको तथ्यांक राख्ने तरिका व्यावहारिक र व्यवस्थित नहुँदा पनि नागरिकले सास्ती खेप्नु परिरहेको उनले बताए । महिला, कानून र विकास मञ्चले गरेको अध्ययन अनुसार १६ वर्ष उमेर माथिको जनसङ्ख्यामध्ये २३.२६ प्रतिशत व्यक्तिले नागरिकता प्रमाण–पत्र प्राप्त गर्न सकेका छैनन् । त्यसैगरी सोही अध्ययन प्रतिवेदनका अनुसार नेपालमा ४९ लाख व्यक्तिहरूले कुनै न कुनै रूपमा नागरिकता पाउन नसकेको उल्लेख गरिएको छ ।
अधिकारकर्मी सपना मल्ल प्रधान नेपालको संविधान महिलाको सवालमा दक्षिण एसियाकै उत्कृष्ट भए पनि एउटी आमाले सन्तानलाई नागरिकता दिन नसक्नु विडम्वना भएको बताउँछिन् ।खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिटरब्याज पीडित र सरकारबिच सिंहदरबारमा वार्ता
-
टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
-
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
-
आयोगमा १२ हजार जनाले बुझाए सम्पत्ति विवरण, सर्वोच्चको आदेशले काम ठप्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण