नयाँ वर्षमा ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालको बिशेष स्वास्थ्य परिक्षण प्याकेज
काठमाडौं–नयाँ वर्ष २०७३ को अवसर पारेर काठमाडौंको धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले आकर्षक छुट सहित विभिन्न हेल्थ प्याकेजहरू ल्याएको छ ।
प्याकेज अन्तर्गत आज वैशाख २ गतेदेखि बैशाख ८ गतेसम्म अस्पतालको वेलनेश सेन्टरमा कार्डियाक प्याकेज, अर्थोपेडिक प्याकेज, गाइनेकोलोजी प्याकेज, डर्माटोलोजी प्याकेज र डायबेटिज प्याकेज मध्ये आफ्नो रोजाइको कुनै एउटा हेल्थ प्याकेजमा मात्र रू २०७३ तिरेर स्वास्थ्य परिक्षण गराउन सकिनेछ ।
कार्डियाक प्याकेजमाः इसिजी, एको, सिबिसी, ब्लड सुगर फास्टिङ, क्रियाटिनिन, युरिन रुटिन, लिपिड प्रोफाइल, युरिक एसिड र कार्डियाक कन्शल्टेसन समाबेश गरिएको छ ।
अर्थोपेडिक प्याकेजमाः अर्थोपेडिक कन्शल्टेसन, बि एम डि (बोन मिनरल डेन्सिटी (हाडको बलियोपन जाँच गर्ने) र सि बि सी (कम्प्लीट ब्लड काउन्ट) रगत सम्वन्धि जाँच समाबेश गरिएको छ । गाइनेकोलोजी प्याकेजमाः गाइनोकोलोजी कन्शल्टेसन, म्यामोग्राफी र प्याप स्मियर टेस्ट समाबेश गरिएको छ । डर्माटोलोजी प्याकेजमाः डर्माटोलोजी कन्शल्टेसन र लेजर सफ्ट पिल समाबेश गरिएको छ । डायबेटिज प्याकेजमाः इन्डोक्राइनोलोजि कन्शल्टेसन, डायटिशियन कन्शल्टेशन, ब्लड सुगर फास्टिङ, ब्लड सुगर पिपि, क्रियाटिनिन, युरिन रुटिन, लिपिड प्रोफाइल र युरिक एसिड समाबेश गरिएको छ ।
उच्चरक्तचाप, मुटुरोग, हाडजोर्नी सम्बन्धि समस्याहरु, मधुमेह, स्त्री तथा प्रसुति रोग लगायतका समस्याहरु बढ्दै गएको अवस्थामा सर्वसाधारणलाई स्वास्थ्यप्रति जागरुक बनाउन र रोगहरुको समयमै निदान गरी भविष्यमा आउनसक्ने जटिल अवस्था रोकथाम गर्न प्याकेज ल्याइएको बताइएको छ ।
जनस्वास्थ्य प्रतिको राष्ट्रिय उत्तरदायित्व बोधगरी ग्रान्डी अस्पतालले अघि सारेका यि स्वास्थ्य परिक्षण प्याकेजहरु सर्बसाधारणको पहुँचमा पुर्याउन अतुलनीय न्यून शुल्कमा ल्याइएको अस्पतालको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिटरब्याज पीडित र सरकारबिच सिंहदरबारमा वार्ता
-
टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
-
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
-
आयोगमा १२ हजार जनाले बुझाए सम्पत्ति विवरण, सर्वोच्चको आदेशले काम ठप्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण