शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

मृगौलाका बिरामीको ज्यान जोखिममा

शुक्रबार, ०३ वैशाख २०७३, १२ : ४५
शुक्रबार, ०३ वैशाख २०७३
वीरगन्ज– वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा संचालित डाइलोसिस सेवा एक सातादेखि अवरुद्ध भएपछि मृगौला रोगी मारमा परेका छन् । विद्युतिय उपकरणमा आएको समस्याका कारण सेवा अवरुद्ध भएपछि नियमित डाइलोसिस गराउन नपाउदा दर्जनौं मृगौला रोगीको ज्यान जोखिममा परेको हो । नेपाल सरकारले मृगौला रोगिका लागि निःशुल्क रुपमा उपलब्ध गराउदै आएको डाइलेसिस सेवा उपक्षेत्रीय अस्पतालमा बन्द भएपनि प्राइवेट स्वास्थ्य संस्थामा गराउनु ३हजार ५ सय देखी ५ हजार रुपैयाँ सम्म विरामिले तिर्नु परेको छ । अस्पतालको डाइलेसिस वार्डको युपियसमा खरावि आएपछि गत विहिबारबाट सेवालाई बन्द गरिएको डाइलोसिस वार्डकी इन्र्चाज पुष्पा गौरोले जानकारी दिइन् । डायलोसिस सेवा बन्द भएपछि नियमित उपचार पाइरहेको १२ जना भन्दा बढी मृगौला रोगि सेवाबाट बन्चित भएको बताइन् । नियमित सेवा नपाउदा मृगौला रोगिले विभिन्न खाले स्वास्थ्य समस्या खेप्नु पर्ने भएकाले उत्पन्न समस्या सामाधानकालागि अस्पथताल प्रशासनलाई आग्रह गरिएको इन्र्चाज गौरोले जानकारी दिइन् । उपक्षेत्रीय अस्पतालले प्रदान गर्दै आएको डाइलोसिस सेवा अवरुद्ध भएपछि भरतपुर गई सेवा लिनुको विकल्प नभएको मृगाला रोगि २३ वर्षीय कृष्णा ठाकुुरले बताए । विगत एक सप्ताह देखि डाइलोसिस गराउन नपाउदा सास लिन समेत गारोह भएपछि महँगो मुल्यमा भएपनि डाइलोसिस गराउन बाध्य भएको पर्साको भौराटार निवासी ठाकुरले जानकारी दिए । उनले भरतपुर डायलेसिसको लागी जाँदा एक पटकमा ५ हजार रुपैयाँ खर्च लागनुको साथै लामो यात्रा गर्नु पर्दा थप स्वास्थ्य समस्या खेप्नु परेको बताए । उपक्षेत्रीय अस्पपतालमा रहेको डायलेसिस सेवालाई समेत अस्पताल प्रशासनले गम्भिरता पुर्व व्यवस्थापन नगरेकै कारण मृगौला रोगिको उपचारमा समस्याहरु देखिने गरेको ठाकुरले गुनासो गरे । डाइलोसिस सेवा अवरुद्ध भएको वारे नारायणी उपक्षेत्रीय अस्पतालका प्रशासन प्रमुख तथा सुचना अधिकारी रमेश चौधरीसंग बुझदा उनले युपियस खराविका कराण अवरुद्धभएको सेवा एक दुई दिनमै सुचारु हुने दावी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप