शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

स्थानीयवासीले बनाए आठ किमी ग्रामीण सडक

आइतबार, ०५ वैशाख २०७३, १० : ४४
आइतबार, ०५ वैशाख २०७३

वालिङ– स्याङ्जाको मनकामना–५ बलेउ हुँदै चिन्नेवास गाविसको राम्कीथुम्की जोड्ने ग्रामीण कच्ची सडकको निर्माण सम्पन्न भएको छ ।

नेपाल सरकारको रु १० लाखको अनुदान तथा बाँकी स्थानीयवासीबाट सङ्कलन गरी कुल रु ४७ लाखको लागतमा यो सडकको निर्माण सम्पन्न भएको हो ।

कुल आठ किमी लम्बाइ रहेको यो सडक सञ्चालनमा आएपछि स्याङ्जाका मनकामना, एलादी, मल्याङ्कोट र चिन्नेवास गाविसका सर्वसाधारण प्रत्यक्ष लाभान्वित हुने बताइएको छ ।

ग्रामीण सडकको शनिबार उद्घाटन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् सांसद धनराज गुरुङले नवनिर्मित सडकको स्तरोन्नतिका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप