प्रम राहतकोषमा लाखौं रकम उठ्यो, अझै बिचल्लीमा जुरेका पहिरो पीडित
सिन्धुपाल्चोक – ‘हाम्रो घर कहिले बन्छ रु’ जुरे अवलोकन गर्न आइपुगेका पत्रकारलाई स्थानीयवासी बुद्ध तामाङले सोधेको प्रश्न हो यो ।
तामाङ २० महिना पहिले २०७१ साउन १७ गते २ बजे राति सिन्धुपाल्चोकको जुरे र माङ्खा गाविसको सिमानामा गएको पहिरोका एक पीडित हुनुहुन्छ ।
त्यतिखेर झण्डै एक हजार ५०० मिटर उचाइ र ८०० मिटर चौडाइ बनाएर पहिरो गएको थियो । पहिरोले १५६ जनाको ज्यान लिएको थियो भने ११५ घर बगाएको थियो । सडतीस घरलाई आंशिक क्षति पु¥यायो ।
जुरे क्षेत्रका पीडित धेरै भए पनि केहीले गाउँ छाडे । अहिले सो स्थानमा वास्तविक पीडित आठ घरपरिवार मात्र छन् । यिनै आठ घरमध्येका एक तामाङ हुन् ।
पहिरो गएको २० महिना बितिसक्दा पनि राहतका नाममा पाँच हजार रुपैयाँभन्दा अर्थोक नपाएको गुनासो उनले गरे । उनले भने – “प्रमुख जिल्ला अधिकारी परिवर्तन भएकोभ्यै गर्दा हामीले पैसा पाउन सकेनौँ ।”
पहिरो गएको क्षेत्रको २०० मिटर उत्तरी क्षेत्रमा बसोबास गर्ने तामाङले त्यस दिन गाईबस्तु चर्ने ठाउँमा गएर समय बिताउनुभयो । राति खाना खाएर सुत्नुभएका उहाँलाई ठूलो आवाजले ब्युँझायो । उनले भने – “रातिको समय यति ठूलो पहिरो गयो । हारगुहार गरेँ । सुन्ने कोही थिएन । मेरो जिप सुनकोसीको किनारमा थियो । बाहिर निकालेँ । अरु गाउँलेलाई खबर गरेँ । पाँच बजेमात्र गाउँले जम्मा भए ।”
सोही क्षेत्रका सांसद मोहन बस्नेतका अनुसार सिँचाइ मन्त्रालयअन्तर्गतको जल उत्पन्न प्रकोप विभागबाट अहिले त्यहाँको भूबनोटको अध्ययन भइरहेको छ । त्यहाँका पहिरो पीडितलाई बसोबासको व्यवस्था मिलाइँदै गरेको उनको भनाइ छ । बस्नेतले जुरेका वास्तविक पीडितका लागि नयाँ घर निर्माण गर्नुपर्ने आवश्यकता आँैल्याउँदै जिल्ला दैवी प्रकोप कोषमा जम्मा भएको रु दुई करोड रकम बाँड्न बाँकी रहेको जानकारी पनि दिए ।
उनले भने – “जिल्ला दैवी प्रकोप कोषमा जम्मा भएको रकम पीडितलाई मिलाएर बाँड्छौँ ।”
पहिरो जानुअघि राति १२ बज्नै लाग्दा चारैतिर जमिन हल्लिरहेको थियो । धुस्कुन गाउँकी २४ वर्षीय दीपा तामाङ हस्याङ्फस्याङ गर्दै टर्च लाइट बालेर घरबाहिर निस्किए ।
“यस्तो थर्कने जमिनमा बस्नुहुँदैन भनेर राति नै हामी सबै गाउँले धुस्कुन छोडेर लामोसाँघु आयौँ त्यसको दुई घन्टापछि कहालीलाग्दो पहिरो झ¥यो,” दीपाले रुँदै भने ।
राजधानी काठमाडौँदेखि ७२ किमी उत्तरपूर्वमा गएको उक्त पहिरोले पाँच गाउँ बगाउँदा सुनकोसी नदी थुनिए र कैयौँ घर डुबानमा परे ।
पहिरोबाट पीडित बनेका जुरेवासीलाई विस्तारै पहिलेकै अवस्थामा फर्कंदै गर्दा भूकम्पले फेरि पीडा दियो । विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले सबैभन्दा धेरै पीडा दिएको क्षेत्र पनि सिन्धुपाल्चोक नै हो ।
जुरेले सुनकोसी थुनिँदा जुरेपारिको गाउँ राम्चे र टेकानपुरलाई समेत असर पु¥याएको थियो । दुई किमी माथिको सुनकोसी र भोटेकोसीको दोभानमा रहेको सुनकोसी गाउँसम्म पानी जमेको थियो ।
सैँतिसौँ दिनसम्म थुनिएको सुनकोसीमा एक करोड घनमिटर पानी जमेको थियो । पछिल्लो समय नेपाली सेना र नेपाल प्रहरीको सहयोगमा जमेको पानीको व्यवस्थापन गरिएको थियो ।
जुरेका स्थानीयवासी आफ्नो घरखेत बाढीले बगाएपछि जीविकोपार्जनका लागि बालुवा बेच्न बाध्य छन् । केही दिन पहिले बालुवा बेच्न प्रतिवन्ध लगाइएपछि उनीहरु विचल्लीमा परेका छन् । उनीहरु भन्छन् – “हाम्रो खेत बगायो । गरी खान बालुवा बेच्न लागेका थियौँ । त्यही पनि एक हप्ता पहिले प्रहरी आएर रोक लगायो । हामीले कसरी पेट पाल्ने रु”
जुरे थुनिँदा त्यसको सबैभन्दा धेरै असर कोठेवासीमा परेको थियो । स्थानीय चुकबहादुर कार्की बिहान अकस्मात कोसीमा पानी बगेको नदेखेपछि अचम्ममा परे । उनले दिउँसो मात्र कोसी थुनिएको थाहा पाए ।
कोसी अकस्मात् खोलियो भने आफूहरुलाई समेत बगाउँछ भनेर गाईबस्तु लिएर आफूहरु ५०० मिटर उचाइको वनमा गएर बस्न गएको स्मरण उनले सुनाए । उनले भने – “कोसी खुल्दा मानिस र गाईबस्तु बगाएको देखियो । कति काग र गिद्ध बगायो गनि साध्यै छैन ।” कोसीले कोठेको ३५ रोपनी जग्गा बगाएको थियो ।
वर्षात् समय लाग्दै गर्दा त्यहाँका बासिन्दा कुन बेला कुन ठाउँमा पहिरो जाने हो भनेर त्रासमा बसिरहेका छन् । “वर्षात्को समयमा त रातभर जाग्राम बस्छौँ,” स्थानीयवासी ७३ वर्षीय वीरबहादुर कार्कीले भने ।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय केन्द्र ९इसिमोड० का भूगर्भविद् डा देवराज गुरुङ नेपालका धेरै क्षेत्र पहिरोको जोखिममा रहेको बताउँछन् । उनी भन्छन् – “विशेषतः पहाडी र कोसी क्षेत्र बाढी र पहिरोका उच्च जोखिम क्षेत्र हुन् । यसको व्यवस्थापन गर्न जरुरी छ ।”
उनी नेपालमा हुने बाढीपहिरोको क्षतिलाई कम गर्न छिमेकी मुलुकबाट पाठ सिक्न जरुरी रहेको बताउनुहुन्छ । नेपालमा अधिकांश पहिरो पानीका कारण जाने उनको भनाइ छ ।
नेपालमा सन् १९५१ देखि स–साना पहिरो जाने गरेको तथ्याङ्क देखिए पनि अहिलेसम्म १२ वटा ठूला पहिरो गएका छन् । गुरुङका अनुसार कोसी क्षेत्रलाई कम पहिरो जाने बनाउन बढी मात्रामा बोटबिरुवा रोप्नुपर्छ ।
नेपालमा कोसी क्षेत्र जस्तै कमजोर भूबनौट भएका अन्य ठाउँको पनि भौगर्भिक अध्ययन गर्न आवश्यक रहेको डा गुरुङ बताउँछन् । चीनको हिमालय क्षेत्रबाट उत्पत्ति भएर नेपाल हुँदै भारतको विहारमा गङ्गा नदीमा मिसिने कोसी नदी तटीय क्षेत्रका जनताको सिँचाइ, खानेपानी र मत्स्यपालनको मुख्य स्रोत हो ।
कोसी क्षेत्र चीन, नेपाल र भारतका चार करोड जनसङ्ख्याको गाँस, बास र कपाससँग प्रत्यक्षतः जोडिएको छ । कोसी क्षेत्र र यसको तटमा बसोबास गर्ने जनताका विषयमा केही समयअघिदेखि तीन देशका विज्ञहरुबीच छलफल समेत हुँदै आएको छ ।
तस्विर : गुगल फाइल फोटो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रिकामा पोको पारेको खानेकुरा खाँदा क्यान्सर हुन्छ ?
-
फ्राइडे रिलिज : देशभर ‘गौँथली’ प्रदर्शनमा
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
-
बागमती प्रदेशमा आजदेखि ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण