शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

आईएमई क्योदाई ‘घर जने हर्ष’ योजना अन्तर्गत दोश्रो हप्ताको विजेता घोषित

आइतबार, ०५ वैशाख २०७३, ११ : ४८
आइतबार, ०५ वैशाख २०७३
काठमाडौं–आईएमई लिमिटेडले क्योदाई रेमिटेन्स, जापानसँगको सहकार्यमा ल्याएको ‘घर जाने हर्ष’ योजना अन्तर्गत दोश्रो हप्ताको विजेता घोषणा गरेको छ । क्योदाई जापान र आईएमई लिमिटेड नेपालका कर्मचारीवीचको भिडियो कल कन्फरेन्स आयोजना गरि १५ अप्रिलमा सफ्टवेर पद्वातिमा आधारित रहेर उक्त नतिजा सार्वजनिक गरिएको थियो । नतिजा अनुसार जापान स्थित क्योदाईको होकाईदो शाखाबाट ट्रान्जेक्शन नम्बर ९०८०९७५६१९४ मा नेपाली रुपैयाँ १ लाख ३३ हजार पठाएकासुरज ढकालले जापान–नेपालका लागि एक राउण्ड ट्रीप हवाई टिकट प्राप्त गरेका छन् । आईएमई लिमिटेडले क्योदाई रेमिटेन्स, जापानसँगको सहकार्यमा नेपाली नव वर्ष २०७३ को उपलक्ष्यमा आफ्ना सेवाग्राहीहरुका लागि अप्रिल १ देखी लागु हुने गरी ३ महिने योजना ल्याएको हो । यस योजना अन्तर्गत जापानबाट नेपाल आईएमई गर्नुहुने सबै सेवाग्राहीहरुले साप्ताहिक लक्की ‘ड’«मा सहभागी भई हरेक हप्ता जापान–नेपालका लागि राउण्ड ट्रिप टिकेट जित्न सकिनेछ । पहिलो साताको विजेतामा क्योटो जापानमा रहेका विजय श्रेष्ठ सफ्टवेरद्वारा सन्चालित गोलाप्रथाबाट छनोट भएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप