शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

कुखुराको मासुको मूल्य घट्यो

आइतबार, ०५ वैशाख २०७३, १२ : ११
आइतबार, ०५ वैशाख २०७३
म्याग्दी – म्याग्दीमा जिउँदो कुखुरा र कुखुराको मासुको मूल्य समायोजन भएको छ । कुखुरापालक कृषक र मासु ब्यवसायीको शुक्रबार बेनीमा बसेको बैठकले कुखुराको मासु बिक्री वितरणलाई ब्यवस्थित बनाउने र मूल्य समायोजन गर्ने निर्णय गरेको हो । जिउँदा कुखुरा र मासुको मूल्य शुक्रबारदेखि लागू हुनेगरि साबिकको भन्दा बिस रुपैया घटाइएको कुखुरा ब्यवसायी संघका अध्यक्ष शिव खड्काले जानकारी दिए । ज्यूदो कुखुराको मूल्य प्रति केजी २४० बाट घटाएर २२० रुपैया कायम गरिएको छ । कुखुराको मासुको मूल्यमा पनि साविकको मूल्य प्रतिकेजी ३८० बाट घटाएर ३६० रुपैया कायम गरिएको अध्यक्ष खड्काले बताए । साथै वैठकले उपभोक्तको अधिकारलाई ख्याल गरि सफा र स्वच्छ मासु विक्री वितरण गर्न सावधानी अपनाउने निर्णय पनि गरेको कुखुरा व्यवसायी संघका सचिव तेजेन्द्र बानियाँले बताए । बानियाका अनुसार बेनीका मासु पसलहरुमा मासुको बिक्री मूल्य सूची राखिने भएको छ । म्याग्दीमा मासुका लागि दैनिक १० देखि १२ क्विन्टलसम्म ज्युदो कुखुरा खपत हुने संघले जनाएको छ । अहिले जिल्लाकै उत्पादनले यहाँको मागलाई धान्न सकेको सचिव बानियाँले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप