चलचित्र महोत्सवमा ‘भाग्यले बाँचेकाहरु’लाई उत्कृष्ट पुरस्कार
काठमाडौँ - वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ले बेलायतमा उत्कृष्ट पुरस्कार जितेको छ । बेलायतको स्कटल्यान्डमा पहिलो ‘एडिनबरा नेपाली चलचित्र महोत्सव’मा सो वृत्तचित्रले उत्कृष्ट वृत्तचित्र पुरस्कार जितेको हो । नेपाल–बेलायत सम्बन्ध स्थापना भएको २०० वर्ष पुगेको अवसरमा स्कटल्यान्डका नागरिकद्वारा पहिलो पटक आयोजित चलचित्र महोत्सवमा नेपालका तर्फबाट अन्य वृत्तचित्र पनि प्रतिस्पर्धामा रहेकामा ‘भाग्यले बाँचेकाहरु’ले उत्कृष्ट वृत्तचित्रको ट्रफी उचाल्यो भने सबिन बास्तोला निर्देशित ‘सुनपानी’ले ‘उत्कृष्ट फिचर फिल्म’ र कमल भट्ट निर्देशित ‘चोख्यानी’ले ‘उत्कृष्ट सर्ट मुभी अवार्ड’ जितेको चलचित्र महोत्सवका निर्देशक सुसन फरोगीले बताए ।
पुरस्कार जित्दा निकै खुसी मिलेको ‘भाग्यले बाँचेकाहरु’का निर्देशक गणेश पाण्डेले बताए । काठमाडौँमा सम्पन्न काठमाडौँ पर्वतारोहण अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किम्फ)मा सो वृत्तचित्रले नेपाल पानोरोमामा उत्कृष्ट डकुमेन्ट्री पुरस्कार र पब्लिक च्वाइस पुरस्कार गरी एकसाथ दुईवटा पुरस्कार जितेको थियो भने भारतको राजधानी नयाँदिल्लीमा भएको तेस्रो नोइडा अन्तर्राष्ट्रिय फिल्म महोत्सव र मुम्बई नजिक नाशिक सहरमा भाएको नाशिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पनि उत्कृष्ट पुरस्कार जितिसकेको छ ।
विगत तीन महिनामा ३२ भन्दा बढी अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा वृत्तचित्र प्रतिस्पर्धाका लागि छनोट भइसकेको छ । नेपालको भूकम्पमा पर्दा समेत मृत्युलाई जित्न सफल केही नेपालीको प्रतिनिधिमूलक घटनालाई समेटेर तयार पारिएको सो वृत्तचित्रको अन्तर्राष्ट्रिय संस्करण ४५ मिनेटको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रिकामा पोको पारेको खानेकुरा खाँदा क्यान्सर हुन्छ ?
-
फ्राइडे रिलिज : देशभर ‘गौँथली’ प्रदर्शनमा
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
-
बागमती प्रदेशमा आजदेखि ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण