शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

ट्र्याक्टरले ठक्कर दिँदा मृत्यु

आइतबार, ०५ वैशाख २०७३, १२ : ५०
आइतबार, ०५ वैशाख २०७३

दाङ - रा१त १४२७ नंको ट्र्याक्टरले रा१प ५२९८ नंको मोटरसाइकलाई घोराही–७ को बाँसबोट भन्ने ठाउँमा आज बिहान ठक्कर दिँदा मोटरसाइकल चालक सैघा–१ का ३७ वर्षीय नरबहादुर गिरीको घटनास्थलमा नै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रकाश शर्माले मोटरसाइकलमा सवार सैघा–२ का २२ वर्षीय खेमबहादुर भण्डारी घाइते भएकामा उनको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार भइरहेको छ । घोराहीबाट रोल्पातर्फ बालुवा लिएर जाँदै गरेको ट्याक्टरले विपरीत दिशाबाट आइरहेको मोटरसाइकलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो । ट्र्याक्टर चालक फरार रहे पनि सहचालक र ट्र्याक्टरलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप