कतारमा नारायणकाजी
कतार– गोरखा सेवा समाज कतारले नया बर्ष २०७३ को उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।
अप्रिल १५ का दिन दोहाको कर्निसमा रहेको समुन्द्रमा डुङ्गामा सवार गर्दै संस्थाका अध्यक्ष शुदर्शन भट्टको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथिको रुपमा एकीकृत नेकपा माओबादिका उपाध्यक्ष, पुर्ब उपप्रधानमन्त्री तथा गोरखा जिल्लावासी नेता नारायणकाजि श्रेस्ठ उपस्थित थिए । कार्यक्रमको संचालन सस्थाका महासचिब राजेश्वर ढकालले गरेका थिए । गोरखा सेवा समाज कतारका प्रमुख सल्लाहकार आश ब गुरुङ्ले स्वागत मन्तब्य राख्दै गोरखा सेवा समाज कतारले अहिले शुरु गरेको अक्षयकोष निर्माण अभियानको कार्यक्रमको बारेमा जानकारी गराए । उक्त कार्यक्रममा एमाओबादी अन्तरास्ट्रिय ब्युरो सचिब युवराज चौलागाइ,शुशान कर्मचार्य,नेपाली जनप्रगतिशिल मन्च मलेसियाका अध्यक्ष रमेश तिवारी,गोरखा सेवा समाज कतारका संरक्षक बुधबल गुरुङ,बाग्लुङ सेवा समाज् कतारका निबर्तमान अध्यक्ष रमेश भट्ट लगायतले नयाँ बर्षको शुभकामना मन्तब्य राखेका थिए । शुभकामना मन्तब्य राख्ने क्रममा सेवा समाजका संरक्षक बुधबल गुरुङले गोरखा सेवा समा स्थापनादेखि अहिलेसम्म गरेका कार्यहरु लगायतका बारेमा जानकारी गराए ।
शुभकामना मन्तब्यकै क्रममा एमाओबादी अन्तरास्ट्रिय ब्युरो सचिब युवराज चौलागाइले नेपालका राजनितिक दलले सोचेजस्तो केही गर्न नसकेपनी केही उपलब्धिहरु हासिल भएको भन्दै देशलाई सम्बृद्धी र बिकाशको दिशामा अघि बढाउन युवा जगतले नेतालाइ गाली गर्नभन्दा राजनितिमा हात हाल्नुपर्ने कुरा बताए । कार्यक्रममा प्रमुख अतिथिको तर्फबाट बोल्दै नारायणकाजी श्रेष्ठले बाध्यताले परदेश आउन परे पनि मातृभुमिप्रतिको मायालाइ भुल्न नसकेर सङ्गठित भै सहयोगी भावना लिएर अगाडि बढेकोमा मा अक्षयकोष निर्माण अभियान शुरु गरेकोमा आफ्नो र पार्टिको तर्फबाट धन्यबाद ज्ञापन गरे । कार्यक्रममा आएपनी परदेशमा रहेका गोर्खालिहरुमाझ आफू पनि सहभागी हुने अवसर मिलेकोमा गर्व लागेको भन्दै सबैलाइ नया बर्षको उत्तरोउत्तर प्रगतिको कामना गर्दै बैदेशिक रोजगारिमा देखिएका समस्या समाधान गर्न आफुले सक्दो प्रयास गर्ने उनले बताए । कार्यक्रमलाइ समापन गर्दै सभापती भट्टले गोरखा सेवा समाज कतार सधै सामाजिक भावनाको साथ क्रियाशिल रहने भन्दै पुर्ब उपप्रधानमन्त्री जस्तो ब्यक्तिको उपस्थितिमा कार्यक्रम गर्न पाउनु गर्बको कुरा भएको जानाकारी दिदै उक्त अवसर जुटाउने जनप्रगतिशिल मन्च कतारलाइ हार्दिक धन्यबाद ज्ञापन गर्दै औपचारिक कार्यक्रम समापन भएको घोषणा गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रिकामा पोको पारेको खानेकुरा खाँदा क्यान्सर हुन्छ ?
-
फ्राइडे रिलिज : देशभर ‘गौँथली’ प्रदर्शनमा
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
-
बागमती प्रदेशमा आजदेखि ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण