बिशेष आर्थिक क्षेत्र यसै आर्थिक बर्षमा सञ्चालन हुन्छः उद्योगमन्त्री
भैरहवा– उद्घाटन भएको डेढ बर्ष भन्दा बढी बितिसक्दा पनि सञ्चालनमा आउन नसकेको बिशेष आर्थिक क्षेत्र (सेज)लाई सञ्चालन गर्नेबारे उद्योग मन्त्री सोम प्रसाद पाण्डेले फेरी आश्वासन बाडेको छन् । पर्यटन सम्बन्धि एक कार्यक्रममा सहभागीता जनाउन भैरहवा आएका उद्योग मन्त्री पाण्डेले यसै आर्थिक बर्ष भित्र सेज सञ्चालन हुने आश्वसन दिएका हुन्। भैरहवामा सञ्चारकर्मिहरु सित संक्षिप्त कुराकानी गर्दै पाण्डेले ऐन बन्न नसकेको अवश्थामा कार्यविधि संसोधन गरि सेज सञ्चालन गरिने दावी गरे । उनले बैशाख महिना भित्रै कार्यविधि पनि संसोधन गर्ने बताए । सेजमा रहेका जग्गा महङ्गो भएको उद्योगीहरुको गुनासो बारे पनि कार्यविधिमा सम्बोधन गरिने उनले जानकारी दिए । बिगतका बर्षहरुमा प्रर्याप्त बिद्युत उत्पादन हुन नसकेको अवस्थामा बैकल्पिक उर्जाद्धारा भए पनि सेजमा बिद्युतको ब्यवस्था गरिने मन्त्री पाण्डेको भनाई छ । यस बाहेक उद्योगीहरुलाई दिईने अन्इ सेवा सुविधा बारे पनि कार्यविधिमा उल्लेख भएको उनले बताए । अहिले ५२ बिगाहामा रहेको सेजको बिस्तार गरि यसलाई ३ सय बिगाहा सम्ममा पुरयाउने लक्ष्य पनि सरकारको रहेको उनले बताए । डेढ बर्ष अघि तत्कालीन उद्योग मन्त्री महेश बस्नेत र गृह मन्त्री बामदेव गौतमले उदघाटन गरि सेज सञ्चालन हुने आश्वसन दिए पनि स्पष्ट कानूनको अभावमा उदघाटन भएको लामो समय सम्म पनि सेज सञ्चालन हुन सकेको छैन । सेजमा एदोग स्थापनाको लागी आशय पत्र माग गरिए पनि जग्गा महङ्गो भएको भन्दै उद्योगीहरुले आशय पत्र नै पेश गरेका थिएनन् । सेजलाई लोडसेडिङ्ग, हडताल मुक्त बनाई सरकारले करमा पनि बिशेष सहुलियत दिनु पर्ने उद्योगीहरुले आवाज उठाउदै आएका छन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रिकामा पोको पारेको खानेकुरा खाँदा क्यान्सर हुन्छ ?
-
फ्राइडे रिलिज : देशभर ‘गौँथली’ प्रदर्शनमा
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
-
बागमती प्रदेशमा आजदेखि ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण