गौतमबुद्ध बिमानस्थल अन्र्तराष्ट्रियस्तरको बिमानस्थल हुने
भैरहवा– अर्थमन्त्री बिष्णु पौडेलले भैरहवा स्थित गौतम बुद्ध बिमानस्थललाई क्षेत्रिय स्तरको अन्र्तराष्ट्रिय बिमानास्थल बनाउने सोचका साथ अगाडी बढेको सरकार अब यसलाई पूर्णकालीन अन्र्तराष्ट्रिय बिमानास्थल बनाउने निर्णयमा पुगेको बताएका छन ।
भैरहवामा नेपाल राष्ट्रिय पर्यटन ब्यावसायी संगठनले आयोजना गरेको क्षेत्र नम्बर ५ स्तरीय पर्यटन ब्यावसायी भेला कार्यक्रमको उदघाटन गर्दै मन्त्री पौडेलले उक्त भनाई राखेका हुन । गौतम बुद्ध बिमानास्थललाई अन्र्तराष्ट्रिय स्तरको बनाउन थप १ सय ४० बिगाहा जग्गा अधिग्रहण गर्ने प्रक्रियामा रहेको यस पछि पनि २ सय ८० बिगाहा जग्गा अधिग्रहण गरि राडार, ट्याक्सी वे, सुरक्षा ब्यावस्था लगायतका भौतिक पूर्वाधार तयार गरिने बताए ।
लुम्बिनीको नजिक रहेको कारण अहिले देखि नै अन्र्तराष्ट्रिय स्तरका पर्यटकहरु सिधै हवाई जहाज भाडामा लिई यहा आउने भनि तयार भएर बसेको पौडेलको भनाई छ । उनले अब लुम्बिनीलाई मात्र नभई यस आसपासका तिलौराकोट, रामग्राम, देवदहल बर्दिया राष्ट्रिय निकुन्ज, ठाकुरद्धारा, स्वर्गद्धाराी लगायतका स्थानको पनि पर्यटन प्रवद्र्धन गर्न आवश्यक रहेको बताए । फरक प्रसंगमा बोल्दै अर्थमन्त्री बिष्णु पौडेलले अहिलेको सरकारले नै स्थानिय निकायको चुनाव, संघिय निर्वाचन हुदे संसदिय चुनाव नगरि सरकार नछाडने बताए । “ईच्छा त धेरैको छ, तर ईच्छा हुदैमा सबै कुरा हुदैन”पौडेले भने ।
नेकपा एमाले निकट पर्यटन ब्यावसायीहरुको संगठन नेपाल राष्ट्रिय पर्यटन ब्यावसायी संगठनले क्षेत्र नम्बर ५ मा रहेको पर्यटकिय क्षेत्रको बिकासको सम्भावनाब बलियो बनाउन कार्यक्रमको आयोजना गरेको आयोजकले बताए । कार्यक्रममा बोल्दै उद्योग मन्त्री सोम प्रसाद पाण्डेले नेपालमा धार्मिक पर्यटन र एडभेन्चर टुरिज्मको सम्भावना धेरै रहेको हुदा यसलाई भजाउन सक्नु पर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रिकामा पोको पारेको खानेकुरा खाँदा क्यान्सर हुन्छ ?
-
फ्राइडे रिलिज : देशभर ‘गौँथली’ प्रदर्शनमा
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
-
बागमती प्रदेशमा आजदेखि ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण