शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

क्यानडामा नेपालीले मनाए नयाँवर्ष

आइतबार, ०५ वैशाख २०७३, १२ : ४८
आइतबार, ०५ वैशाख २०७३

क्यानडा– नेपाल जनजाती संघ क्यानडा र नेपाली कम्युनिटी नेट्वर्क क्यानडाको संयुक्त आयोजनामा नयाँ वर्ष सांस्कृतिक सांझ सम्पन्न भएको छ । मिसिसागा स्थित ग्राण्ड ताज पार्टी प्यालेसमा आयोजना गरिएको कार्यक्रममा बिशेषगरी मिसिसागा र ब्राम्टोन र टोरोन्टो निवासी नेपाली समुदायको उपस्थिती थियो । कार्यक्रममा प्रमुख अतिथिका रुपमा क्यानडाकालागी नेपाली राजदुत कालीप्रसाद पोखरेलले नयांबर्षको शुभकामना दिदै प्रवासमा रहेर पनि नेपाली एकजुट भएर नेपाली संक्रिती र परम्परालाई निरन्तरता दिएकोमा आयोजक लगायत उपस्थित समुदायको प्रशंसा गर्दै धन्यवाद दिए । नेपालको फिल्मी जगतमा आफ्नो स्थान जमाउन सफल नायक दिलिप रायमाझीको प्रस्तुती कार्यक्रमको मुख्य आकर्षण थियो । चलचित्र ुकोहिनुरुको के म तिम्रो होइन र बोलको गीतमा नाचेका नायकलाई स्टेजमा देख्ने बित्तिकै उपस्थित सबैले ताली बजाएर नायकलाई कम्मर मर्काउन हौसला दिईरहेका थिए । नयाँ बर्षको शुभकामना साटासाट गर्न भेला भएका समुदायलाई स्थानिय नेपाली कलाकारहरुले समेत आफ्नो प्रस्तुती देखाउन भ्याए । माहोल तताउन सिपालु पुराना गायक रामकाजी मोक्तान युवा गायक आषिर्वाद सुबेदी , मिग्मार शेर्पा लगायतले गीत गाएर दर्शक नचाएका थिए । नेपाली लोक संक्रिती झल्कने मौलिक गीतमा साना नानीबाबुहरुको न्रित्यले पनि दर्शकको ध्यान खिचेको थियो । एकता र मेलमिलाप सन्देश दिदै नेपाली समुदाय एकै ठाउंमा भेला भएर खुशी साटासाट गर्न यस्तो कार्यक्रम आयोजना गरिएको आयोजक संस्था जनजाती संघ क्यानाडाका महासचिव रमेश राणाले बाताए । क्यानडाको मिसिसागा र ब्राम्टोनमा केन्द्रित नेपाली समुदायको प्रतिनिधित्व गर्दै आएको यस संस्थाले नयाँ बर्ष शुभकामना सांझ र दसैं बिशेष कार्यक्रम हरेक बर्ष आयोजना गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप