तुलसीपुर हापुरे सुर्खेत सडक अबरुद्ध
दाङ– तुलसीपुर हापुरे सुर्खेत सडक अबरुद्ध हुँदा पश्चिम दाङको जनजिवन कष्टकर बनेको छ । दोघरे– बालापुर सडक खण्ड कालोपत्रे गर्नु पर्ने माग राख्दै तुलसीपुर ८ का स्थानियले गरेको आन्दोलनका कारण त्यसक्षेत्रको जनजिवन कष्टकर बनेको हो । आन्दोलनको दोश्रो दिन आज उनीहरुले बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मका लागि गरेको बन्दका कारण सयौं गाडीहरु बीचबाटोमा रोकिदा यात्रुरुले सास्थी खेप्नु परेको छ । आन्दोनलकारीहरुले ठाउँठाउँमा बसेर सडक अबरुद्ध पारेका छन् । आन्दोलन सफल बनाउन उनिहरु, गहतेखोलाको पुल, कृष्णमन्दिर, थर्कोडाडाँ जाने बाटो र शान्तिदिप बोडीङ नजिकै जम्मा भएर सडक अबरुद्ध पारेका छन् । सडक अबरुद्ध हुदा प्रचण्ड गर्मिमा विशेष गरि जेष्ट नागरिक बालबालीका प्रभावित भएका छन् भने सयौं यात्रुहरु विचबाटोमै अलपत्र परेका छन् । उक्त सडकमा दैनिक सयौंको संख्यामा गाडिहरु ओहरदोहर गर्ने गर्छन् । तुलसीपुसर बजार देखि एक घण्टा टाढाको दुरीमा आन्दोलनकारीहरुले बन्द गरेका कारण बालबच्चा र सामान लिएर आएका यात्रुहरुको अबस्था बेजोग भएको छ । आन्दोलन सुरु भएको २ दिन सम्म पनि सम्बन्धित निकायले कुनै ध्यान नदिएको भन्दै आन्दोलनकारीहरु आक्रोसीत भएका छन् । सडक खुलाउन प्रहरीले पहल गरिरहे पनि प्रयास असफल भएको छ । हिजो पहिलो दिन ११ बजे देखि एक बजो सम्म सडक अबरुद्ध गरेका स्थानियले आज दोस्रो दिन विहान नौ बजे देखि एक बजे सम्मका लागि सडक अबरुद्ध गरेका छन् ।सडक कालोपत्रे नहुदा गाडिले उडाएको धुलोकाकारण सडक छेउँछाउँमा बस्ने स्थानिय बासी र पैदल यात्रुको स्वास्थयमा गम्भिर असर पुगेको राधाकृष्ण टोलविकास संस्थाका अध्यक्ष जितबहादुर खड्काले जानकारी दिए । धुलोकाकारण करेसाबारमिा लगाएको सागपात, धोएर सुकाएका लत्तापकडा धुलाम्य हुनुका साथै भान्छासम्म धुलोले ढाक्दा विस्तापित हुनेअबस्था आएको खड्काले बताए । सडक कालोपत्रे गर्ने जिम्मा पाएका नेपाल प्रगति एण्ड बोखिम जेभिका विनोद बोहरा, काम गर्दागर्दै भागेपछि रोकिएको काम सुचारु गर्नुपर्ने भन्दै स्थानियले सडक अबरुद्ध गरेका हुन् । सम्बन्धित पक्षले काम सुरु नगरे सम्म आन्दोलनको समय थप बढाउदै लैजाने उनिहरुले बताउका छन् । पाँचकिलोमिटरको दुरीमा रहेको सडक कालोपत्रे गर्न निर्माण व्यवसायि बोहराले ७ करोडमा सडकडिभिजन दाङसंग ठेक्का लिएका थिए । उनी साढे ३ करोड लिएर गए पछि काम अलपत्र परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रिकामा पोको पारेको खानेकुरा खाँदा क्यान्सर हुन्छ ?
-
फ्राइडे रिलिज : देशभर ‘गौँथली’ प्रदर्शनमा
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
-
बागमती प्रदेशमा आजदेखि ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण