शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

नहराउने स्मार्ट छाता : पानी पर्नुभन्दा ३० मिनेटअघि जानकारी दिन्छ

आइतबार, ०५ वैशाख २०७३, १३ : २८
आइतबार, ०५ वैशाख २०७३

संसारमा प्रविधिको विकाससँगै मानिसका लागि हरेक कुरा सहज बन्दैछ । यस्तै अवस्थामा अहिले एक फ्रान्सेली कम्पनीले स्मार्टफोनको एप जडान गरिएको स्मार्ट छाता निमार्ण गरेको छ । फ्रेन्च कम्पनी विजजूले बनाएको यो छाता इन्द्रेणी रंगको छ । यो छाता दुई भर्सनमा उपलब्ध छ । क्लासिक र आधूनिक । क्लासिक भर्सनको छाता ३ दशमलव १ फिट लामो छ भने मोर्डन छाता केवल शुन्य दमलव ८ फिट लामो छ । क्लासिक छातामा घुमेको ह्यान्डल छ भने मोर्डन छातामा सोझो ह्यान्डल । कम्पनीले यस प्रविधीलाई पोर्टेवल वेदर स्टेशन नाम दिएको छ । यसले प्रकाश, प्रेसर र तापक्रम रेकर्ड गर्नसक्छ । यो छाता घरमा वा कुनै रेस्टुरेण्टमा छुटेपनि छाताधनी आत्तिनुपर्दैन किनकी तत्काल त्यस विषयको अलर्ट म्यासेज मोबाइलमा आइहाल्छ । डिजाईन स्टुडियोका अलेक्यान्द्रो यस छातालाई प्रविधीसँगै डिजाईमा पनि आर्कषक बनाइएको बताउँछन् । यसै सिजनबाट यो छाता अनलाईनमार्फत थुप्रै स्टोरहरुमा उपलब्ध हुनेछ । कम्पनीका प्रवक्ताले जनाएअनुसार यो छाताको मुल्य ७९ डलर तोकिएको छ ।

https://www.youtube.com/watch?v=KWWCDPlPU8U

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप