एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैमा
ललितपुर – ललितपुरको लगनखेलस्थित कर्मचारी संचय कोष भवनमा रहेको ललितपुर मल तथा ललितपुर मोबाइल कम्प्लेक्सले न्यू ईयर मेला २०७३ मा एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैमा दिने भएको छ ।
मोबाइल हबको रुपमा परिचित ललितपुर मोबाइल कम्प्लेक्सले न्यू ईयर मेला २०७३ को अवधिभर कुनैपनि नयाँ मोबाइल खरिद गर्दा अर्को मोबाइल निःशुल्क उपहारमा दिने योजना ल्याएको छ । यो योजनाअन्तरगत ग्राहकहरुले कुनैपनि ब्राण्डको रु ३५,००० भन्दा बढि मूल्यको मोबाइल खरिद गर्दा अर्को मोबाइल उपहारमा प्राप्त गर्नेछन् । ३५ हजार रुपैंया भन्दा बढिको मोबाइल खरिदमा ग्राहकहरुले सिंगापुरको ब्राण्ड डिटिसीको रु १,००० मूल्य पर्ने वाऊ फोन उपहारमा निशुल्क प्राप्त गर्न सक्नेछन् । यो योजनामा ग्राहकहरुलाई रु ३५,००० भन्दा बढि मूल्यका स्मार्टफोनहरु बजार मूल्यमा बिक्री गरिने छ र ग्राहकले अर्को फोन निःशुल्क घर लान सक्नेछन् । यसका साथै ललितपुर मोबाइल कम्प्लेक्समा कुनैपनि ब्राण्डको मोबाइल खरिदमा ४० प्रतिशतसम्मको नगद छुट योजना पनि संचालनमा रहेको छ । कम्प्लेक्समा मोबाइल खरिद गर्ने हरेक ग्राहकहरुलाई हातखाली नहुने गरि उपहारको व्यवस्था पनि कायमै राखिएको छ । विभिन्न एसेसरिजको खरिदमा, फोन रिपेयर, फोन एक्सचेन्जमा पनि विशेष छुट राखिएको छ । हरेक ब्राण्डको मोबाइल खरिदमा स्टीकर, सेल्फी स्टिक, कप, ब्लूटूथ स्पीकर, मोबाइल कभर, ब्याग, एरुनको पावरब्यांक लगायतका उपहार राखिएको छ । नयाँ वर्षको उपलक्ष्यमा आयोजना भईरहेको मेलामा दैनिक तीन जना अवलोकनकर्ताहरुले तीनवटा स्मार्टफोन जित्न सक्नेछन् । ललितपुर मलले आयोजना गर्ने मेलामा निशुल्क प्रवेशको साथमा प्राप्त हुने कुपनको आधारमा दैनिक तीन जनाले लक्की ड्रमार्फत उपहार जित्न सक्नेछन् । त्यसैगरी मेलाको अवधिभर ललितपुर मलमा कुनै पनि सामाग्री खरिद गर्न आउने एस. एल. सी. दिएर बसेका विद्यार्थीहरुको लागि विशेष छुट दिईनेछ । न्यू ईयर मेला अवधिभर ललितपुर मलमा कुनैपनि सामाग्रीको खरिदमा ४० प्रतिशतसम्मको छुट दिईनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रिकामा पोको पारेको खानेकुरा खाँदा क्यान्सर हुन्छ ?
-
फ्राइडे रिलिज : देशभर ‘गौँथली’ प्रदर्शनमा
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
-
बागमती प्रदेशमा आजदेखि ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण