एमाले टोली चीन प्रस्थान
आइतबार, ०५ वैशाख २०७३, १३ : २०
काठमाडौँ– चीनको छेन्दुस्थित सिचुवान विश्वविद्यालयको निमन्त्रणामा प्राज्ञिक आदानप्रदानका लागि नेकपा ९एमाले०का सचिव प्रदीपकुमार ज्ञवालीको नेतृत्वमा १५ सदस्यीय टोली आज त्यसतर्फ प्रस्थान गरेको छ ।
एमालेको केन्द्रीय स्कुल विभागले सञ्चालन गर्ने पार्टी स्कुलको कार्यालयसमेत रहेको तुल्लीलाल स्मृति प्रतिष्ठानका पदाधिकारीसहित सो टोली चीन प्रस्थान गरेको हो । गत महिना चीनको औपचारिक भ्रमणका समयमा प्रधानमन्त्री, पार्टी अध्यक्ष एवम् पार्टीका स्कुल विभागका प्रमुख केपी शर्मा ओली पनि सो विश्वविद्यालय पुगेका थिए ।
एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार दुई देशको बीचमा जनता जनताबीचको संवादको निरन्तरता र पार्टी बीचको सहकार्य तथा शैक्षिक एवम् प्राज्ञिक सहकार्यका लागि सो टोली चीन गएको हो । भ्रमणका समयमा आपसी प्रशिक्षणसम्बन्धी सम्झौता हुने र विश्वविद्यालयका पदाधिकारीलाई नेपाल भ्रमणको निमन्त्रणा दिइने नेता ज्ञवालीले जानकारी दिनुभयो । दस दिनपछि फर्कने टोलीमा माधव पौडेल, कृष्णलाल महर्जन, बाबुराम थापालगायत छन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रिकामा पोको पारेको खानेकुरा खाँदा क्यान्सर हुन्छ ?
-
फ्राइडे रिलिज : देशभर ‘गौँथली’ प्रदर्शनमा
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
-
बागमती प्रदेशमा आजदेखि ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण