मदन–आश्रित पत्रकारिता पुरस्कार चयन समिति गठन
आइतबार, ०५ वैशाख २०७३, १३ : १७
काठमाडौँ- नेकपा (एमाले) केन्द्रीय प्रचार विभागद्वारा स्थापित मदन–आश्रित पत्रकारिता पुरस्कार चयनका लागि साहित्यकार तथा पत्रकार नारायण ढकालको संयोजकत्वमा तीन सदस्यीय कमिटी गठन भएको छ ।
प्रत्येक जेठ ३ गते (मदन–आश्रित स्मृति दिवस)को सन्दर्भमा वितरण गरिने पुरस्कार चयनका लागि ढकालको संयोजकत्वमा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष शिव गाउँले र साहित्यकार वासुदेव अधिकारी सदस्य रहेको समिति गठन गरिएको हो । पुरस्कारको राशि रु पचास हजार छ ।
सो विभागका प्रमुख योगेश भट्टराईले आज जारी गर्नुभएको विज्ञप्तिमा नेपालको लोकतान्त्रिक आन्दोलनका अग्रज व्यक्तित्व जननेता मदन भण्डारी र कुशल सङ्गठक जीवराज आश्रितका योगदानलाई चिरस्थायी गर्न, पार्टीकोे मार्गदर्शक सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ (जबज)का बारेमा थप अध्ययन तथा अनुसन्धानलाई निरन्तरता दिन यो पुरस्कारको स्थापना गरिएको जनाइएको छ । पुरस्कारका लागि यो वर्ष प्रवासी नेपाली मञ्च मलेसियाले पुरस्कारको सौजन्य गरेको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रिकामा पोको पारेको खानेकुरा खाँदा क्यान्सर हुन्छ ?
-
फ्राइडे रिलिज : देशभर ‘गौँथली’ प्रदर्शनमा
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
-
बागमती प्रदेशमा आजदेखि ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण