शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

तारुकाको श्रीकृष्ण क्याम्पसलाई नमुना क्याम्पस बनाउने लक्ष्य

आइतबार, ०५ वैशाख २०७३, १४ : ०८
आइतबार, ०५ वैशाख २०७३

काठमाडौँ– नुवाकोटको श्रीकृष्ण क्याम्पसलाई जिल्लाकै नमुना क्याम्पस बनाउने लक्ष्य क्याम्पस व्यवस्थापनले लिएको छ । क्याम्पसको सो लक्ष्यलाई विभिन्न सांसद तथा त्यस क्षेत्रका व्यवसायीले सघाउने बचन दिएका छन् ।

शनिबार भौतिक पूर्वाधार निर्माणका लागि स्रोत सङ्कलन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा सहभागी सांसद र त्यस क्षेत्रका व्यवसायीले क्याम्पसलाई नमुना बनाउने प्रतिबद्धता जनाए ।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष कृष्णमान प्रधानको अध्यक्षतामा भएको उक्त स्रोत सङ्कलन कार्यक्रममा आठ सांसद, ६ पूर्वमन्त्री र समाजसेवी दाताहरुको उपस्थिति रहेको थियो ।

सांसदहरु डा प्रकाशशरण महत, राममाया बोगटी र राज्यलक्ष्मी श्रेष्ठले उक्त क्याम्पसलाई जनही एक–एक लाख सहयोग उपलब्ध गराउने वचन समेत दिएको क्याम्पसले जनाएको छ ।

शिक्षा सङ्कायअन्तर्गत बिएड तहको कक्षा सञ्चालन भइरहेको क्याम्पसमा नुवाकोटका तारुका, बुधसिंह, दाङसिंह र धादिङको खाल्टेलगायतका गाविसबाट विद्यार्थीहरु अध्यनका लागि आउने गरेका छन् ।

तर, क्याम्पस सञ्चालनमा उपयुक्त स्रोत नहुँदा व्यवस्थापनले समस्या भोग्दै आएको छ । क्याम्पस सञ्चालनका लागि विभिन्न समयमा व्यवस्थापनले स्रोत संकलन कार्यक्रम चलाउँदै आएपनि त्यो प्रभावकारी हुन नसकेको स्थानीय बताउँछन् ।

क्याम्पस सञ्चालक समितिका एक सदस्यका अनुसार विभिन्न समयमा सञ्चालित स्रोत संकलन कार्यक्रममा नक्कली सहयोग दाताले  हैरान पार्ने गरेका छन् ।

त्यस्ता खालका सहयोग दाताले सामाजिक रुपमा प्रतिष्ठित बन्ने होडमा सहयोगको घोषणा गर्ने तर भुक्तानी भने नदिने गरेको उनको भनाई छ । यसरी सहयोगको घोषणा गरेर भुक्तानी नदिनेहरुको सूचि लामो रहेको उनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप