शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

‘बाइभ्यालेन्ट ओरल’ नामक पोलियो खोप आजदेखि

आइतबार, ०५ वैशाख २०७३, १३ : ३३
आइतबार, ०५ वैशाख २०७३
काठमाडौँ– सरकारलेसाढे छ लाख बालबालिकालाई अन्तराष्ट्रियस्तरमा प्रभावकारी मानिएको ‘बाइभ्यालेन्ट ओरल’ नामको पोलियो खोप आजदेखि दिन सुरु गरेको छ । नेपाललाई पोलियोमुक्त राष्ट्र बनाउने लक्ष्यका साथ सबै जिल्लामा सो खोप दिन सुरु गरिएको हो । स्वास्थ्य सेवा विभाग, बालस्वास्थ्य महाशाखाका निर्देशक डा राजेन्द्र पन्तले हाल बालबालिकालाई दिँदै गरिएको ‘ट्राइभ्यालेन्ड ओरल पोलियो भ्याक्सिन पोलियो खोपबाट पनि कालान्तरमा मानिसलाई पक्षाघात हुने सम्भावना रहेकाले त्यसको सट्टा ‘बाइभ्यालेन्ट ओरल पोलियो भ्याक्सिन’ खोप दिन लागिएको जानकारी दिए । उनका अनुसार ‘बाइभ्यालेन्ट ओरल’ खुवाउने तयारीसँगै सबै जिल्लामा खोप पठाइसकिएको र यसअघि पठाइएका ‘ट्राइभ्यालेन्ट ओरल’ फिर्ता ल्याउन लागिएको छ । खोप शाखाका प्रमुख मुकुन्दराज गौतमले खोपबाट कोही पनि नछुटून् भनेर प्रचारप्रसारको काम भइरहेको यसको अन्य असर न्यून भएको जिकिर गरे । उनका अनुसार पोलियोविरुद्ध प्रभावकारी मानिएको सो खोप जन्मेको छ सातादेखिका बालबालिकालाई एक महिनाको अन्तरालमा तीन पटकसम्म दिइनेछ । सरकारले पहिलो पटक आफँैले रु साढे चार अर्बमा करिब एक वर्षलाई पुग्ने २२ लाख मात्रा ‘बाइभ्यालेन्ट ओरल’ खोप खरिद गरेको छ । नेपालमा सन् २०१० देखि हालसम्म पोलियो शून्य अवस्थामा छ । विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई सन् २०१४ मा पोलियो मुक्त प्रमाणपत्र प्रदान गरिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप