पशु पनि भगवानको सन्तान भएको भन्दै सीताकुण्डमा पशुबलिको अन्त्य
आइतबार, ०५ वैशाख २०७३, १३ : ३७
रामपुर – नेपालकै प्रसिद्ध धार्मिक कुण्डमध्ये रामपुरको ऐतिहासिक पवित्र धार्मिक क्षेत्र सीताकुण्डमा पशुबलि अन्त्य गरिएको शिलालेख हिजो अनावरण गरिएको छ ।
सूर्यपाकी आबाल ब्रह्माचार्य केशवाचार्यले पशुबलिको अन्त्यको शिलालेख अनावरण गर्दै पशु पनि भगवान्को सन्तान भएको हुँदा भगवान् आफैंलाई सन्तानको बलि स्वीकार्य नहुने बताए । उनले अबोध पशुको सट्टा श्रीफल नरिवल चढाउन उपयुक्त हुने सल्लाह दिए । विसं २०७० जेठ २ गतेका दिन यस धार्मिक कुण्डमा केशवाचार्यले पशुबलिको अन्त्य गरिएको घोषणा गरेपछि यहाँ आउने श्रद्धालुभक्तजनले पशुबलिको सट्टा श्रीफल नरिवल चढाउँदै आएका छन् । त्रेतायुगमा भगवान् रामकी पत्नी सीता रजस्वला भएका बखत यहाँ नुहाएकाले यस कुण्डको नाम सीताकुण्ड रहेको हो । यहाँ रामनवमी पर्वका अवसरमा मेला लाग्ने गर्दछ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रिकामा पोको पारेको खानेकुरा खाँदा क्यान्सर हुन्छ ?
-
फ्राइडे रिलिज : देशभर ‘गौँथली’ प्रदर्शनमा
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
-
बागमती प्रदेशमा आजदेखि ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण