शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

हात नभएको लिङ्गो ढालियो

आइतबार, ०५ वैशाख २०७३, १३ : ४०
आइतबार, ०५ वैशाख २०७३

भक्तपुर– प्रत्येक वर्ष चैत मसान्तका दिन पोटरीस्क्वायरस्थित कुमालेटोलमा स्थानीयवासीले उठाएको हात नभएको लिङ्गो आज बिहान विधिपूर्वक पूजा गरेर ढालिएको छ ।

बिस्केटजात्राका अवसरमा हरेक चैत मसान्तमा उठाएर जात्राको अन्तिम दिन वैशाख ५ गते सो लिङ्गो ढालिने गरिन्छ । बिस्केट जात्राको लिङ्गो जात्रा हेर्नाले सुख–समृद्घि बढ्ने, सहकाल आउने र शत्रु नाश हुने जनविश्वास छ । कुमालेटोलमा चैत मसान्तमा हात नभएको लिङ्गो र साँझ भेलुखेलमा हात भएको ५५ हात लामो लिङ्गो उठाइने परम्परा छ ।

बिस्केट जात्राको अन्तिम दिन आज गःहिटीबाट भैरव र भद्रकालीको रथ स्थानीय बासिन्दाले तान्ने परम्परा छ । आज राति रथ तानेर पुनः तौमढीस्थित भैरव मन्दिरअगाडि ल्याएर राखिएपछि रथको देवतालाई विधिपूर्वक मन्दिरमा लगी विराजमान गराएपछि जात्रा सम्पन्न हुन्छ । जात्रामा झडप हुने र ढुङ्गा हानाहान हुने सम्भावना बढेपछि आजका लागि दुई हजारसुरक्षाकर्मी परिचालन गरिने महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक किरण वज्राचार्यले बताए। रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप