नयाँ शक्तिको चेतावनी
काठमाडौं – एनसेलको स्वामित्व खरीद गर्ने कम्पनी टेलियोसेरेनाले कर नतिरेमा देशव्यापी रुपमा एनसेल बहिस्कार गर्ने नयाँ शक्ति नेपालले चेतावनी दिएको छ । प्रचलित कानुनबमोजिम राज्यलाई घाटा पर्नेगरी कर नतिरेमा एनसेल बहिस्कार गर्ने राष्ट्रव्यापी अभियान चलाउने नयाँ शक्तिले चेतावनी दिएको हो । ‘एनसेलको सम्पूर्ण शेयर स्वामित्व विक्री भएको तर स्थानीय स्वामित्वको २० प्रतिशत मात्र पूँजिगत लाभकर असुल भएको कुरा सार्वजनिक जानकारीमा आएको छ’, आईतबार एनसेलको कर असुलि गर्न ठूला करदाता कार्यालयको ध्यानाकर्षण गराउँदै नयाँ शक्ति नेपालकी सचिवालय सदस्य कल्पना धमलाले भनिन् ‘यदि प्रचलित कानुनविपरीत राज्यलाई घाटा वा नोक्सान पर्नेगरी वा कर दायित्व कम गर्ने वा कर असुली गर्न आलटाल गर्ने काम भयो भने एनसेलको सेवा बहिस्कार गर्ने राष्ट्रव्यापी अभियान नयाँ शक्ति नेपालले सञ्चालन गर्न बाध्य हुने छ ।’
ठूला करदाता कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउँदै नयाँ शक्तिले एनसेलको स्वामित्व खरीद गर्ने कम्पनी टेलियोसेरेनाबाट लिनुपर्ने पूँजीगत लाभकर कसैको दवाव वा मोलाहिजामा नपरी असुल गर्न भनेको छ । आय आर्जन हुने सम्पत्ति र व्यवसाय पुरै नेपालमा रहेको जुनसुकै शेयर स्वामित्व हस्तान्तरण हूँदानेपालको आयकर ऐन बमोजिम पूँजीगत लाभकर लाग्ने विषयमा कुनै द्विविधा नरहेको नयाँ शक्तिका आर्थिक विभाग प्रमुख प्रमुख रामेश्वर खनाले बताए । ‘पूँजीगत लाभकर उठाउने बिक्री गर्ने एक्जिएटाको हैन खरीदगर्ने टेलियासेरेनाको हो’ उनले रातोपाटीसंग भने ‘तर उसले तिर्न आलटाल ग¥यो भने लाग्ने पूँजीगत जाभकस उठाएर जम्मा गरिदिने दायित्व एनसेलको हो ।’ ध्यानाकर्षण पत्र बुझ्दै ठूला करदाता कार्यालयका प्रमुख कर प्रशासक शोभाकान्त पौडेललले आफूहरुले गएको चैत्र ३० गते पत्र काटेर लाभकर पेश गर्न भनिसकेको बताए । ‘हामीहरुले आयकर ऐनको दफा ९५ बमोजिम कर बुझाउनु भनेर पत्राचार गरको छौँ’ उनले भने ‘यदि घटना घटेको २५ दिनभित्र जम्मा गरेन भने आवस्यक कानुनी प्रकृयामा जानेछौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रिकामा पोको पारेको खानेकुरा खाँदा क्यान्सर हुन्छ ?
-
फ्राइडे रिलिज : देशभर ‘गौँथली’ प्रदर्शनमा
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
-
बागमती प्रदेशमा आजदेखि ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण