शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

तराई क्षेत्रलाई पूर्ण सिंचित बनाइने

आइतबार, ०५ वैशाख २०७३, १४ : २७
आइतबार, ०५ वैशाख २०७३

महोत्तरी– सिँचाइमन्त्री उमेशकुमार यादवले महोत्तरी जिल्लामा रातु र मरहा नदीले उर्वर जग्गा कटान गरेको आज स्थलगत अवलोकन गरेका छन् ।

मन्त्री यादवले आज खयरमारा शिरबाट गौशाला नगरपालिका हुँदै बग्ने मरहा र बर्दिवास नगरपालिकाको शिरबाट पशुपतिनगर, भङ्गाहा हुँदै भारततिर बग्ने रातु नदीले बर्सेनिको बाढीले उर्वर जग्गा कटान गर्दै बगरमा परिणत गरेको ठाउँको स्थलगत अनुगमन गरे ।

बर्दिवास नयरपालिकाका किसाननगर, पशुपतिनगर र भङ्गाहा गाविसमा रातुका तीन भङ्गालाले एक हजार हेक्टरभन्दा बढी उर्वर जग्गा बगरमा परिणत गरेको छ । बर्खा यामको बाढीले प्रत्येक वर्ष मच्चाउने गरेकामा नियन्त्रणका लागि जनताको तटबन्ध कार्यक्रमलाई तत्काल विस्तार गरिने मन्त्री यादवले स्थानीय बासिन्दालाई आश्वस्त पारे। “अब नदीको बाढी किसानका उर्वर जग्गा कटान गर्न होइन, सिँचाइ प्रबन्धका लागि उपयोगी बनाइनेछ।” किसाननगरका कृष्णपुर, मनहरिपुर र फूलबारीटोल भएर बग्ने रातु नदीको कटान क्षेत्र अवलोकनपछि स्थानीय बासिन्दासँग मन्त्री यादवले भने–“अब गत वर्ष रातु नदी नियन्त्रणका लागि निर्मित तटबन्धबाट अगाडि तत्काल जनताको तटबन्ध निर्माणको काम अघि बढाइनेछ ।”

अबका पाँच वर्षपछि रातु, मरहा, बाँके, ओक्सी र जङ्घासहितका अभिधारा समूहका नदीको कटान महोत्तरीमा पूरै रोकिने मन्त्री यादवको जिकिर छ । तराई क्षेत्रलाई पूर्ण सिंचित बनाउन वर्तमान सरकार दत्तचित्त भएर लागिपरेको मन्त्री यादवले बताए । यसका लागि स्थानीय नदीको व्यवस्थापन, इनार र स्यालोट्युबवेल जडान र ठूला सिँचाइ आयोजनाका लागि सुनकोसी बागमती र सुनकोसी कमला डाइभर्सनका लागि काम सुरु भइसकेको मन्त्री यादवले जानकारी दिए । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप