काम ६ घण्टा, पारिश्रमिक एक सय
डोल्पा–चार बर्ष उमेर पुगेका तर पाँच बर्ष नकटेका बालबालिकालाई बालबिकास केन्द्रबाट प्रारम्भिक चरणको एक बर्षको बालविकास शिक्षा दिनको लागि ई.सि.डी सहजकर्ताको ब्यबस्था गरीएको छ । प्रत्येक बिद्यालयमा स्थापना भएका बालबिकास केन्द्रमा शिक्षण गरेबाफत ई.सि.डी सहजकर्तालाइ तिन हजार दुई सय पारीश्रमिक उपलब्ध गराउने गरिएको छ जुन पारिश्रमिकलाई हिसाबगर्दा प्रति दिन एक सय छ रुपैँया पर्दछ । एउटै बिद्यालयमा पढाउने शिक्षकले मासिक बत्तिस हजार तलब पाँउदा आफुहरुले बालबिकास केन्द्र बाहेक माथिल्लो कक्षामा पढाउँदापनि तिन हजार दुई सयमा दिनभर बस्नुपर्ने बाध्यता रहेको त्रिपुरा माध्यामिक बिद्यालयका ई.सि.डी सहजकर्ता दुर्गा प्रसाद देबकोटाले बताए ।
ई.सि.डी शिक्षकहरुले दश बजे देखि एक बजे सम्म पढाउने भएतापनि कतिपय बिद्यालयहरुमा दश देखि चार बजे सम्म बस्नुपर्ने बाध्यता रहेको समेत उनले बताए ।
सहजकर्ताहरुलाई थप पारीश्रमिकको लागि कुनैपनि स्थानिय निकायले सहयोग नगरेको उनको भनाई छ ।
‘डोल्पा दुर्गमजिल्ला र अहिलेसम्मपनि सडक संञ्जालले नजोडेकाले एक प्याकेट चामलको पैँतिस सय पर्दछ । भौतिक श्रमगर्ने मान्छेले एक दिन कामगरेबाफत एक हजार पाउछ । बढ्दो महंगिको कारण हरेक दैनिक उपभोग्य सामाग्रिहरुको मुल्य तेब्बर पर्दछ ,सरकारले उपलब्ध गराएको तलबले एक प्याकेटपनि चामल किन्न पनि पुग्दैन् ’, देबकोटाले गुनासो गरे ।
सरकारले दुर्गमका जिल्लाहरु र सुगमका जिल्लाहरुमा एउटै किसिमको तलब निर्धारण गर्नाले समस्या भएको उनको भनाई छ ।
डोल्पाका बिद्यालयहरुमा एकसय भन्दा धेरै ई.सि.डी सहजकर्ताहरु कार्यरत रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रिकामा पोको पारेको खानेकुरा खाँदा क्यान्सर हुन्छ ?
-
फ्राइडे रिलिज : देशभर ‘गौँथली’ प्रदर्शनमा
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
-
बागमती प्रदेशमा आजदेखि ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण