विद्यालय उमेर समुहका सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन आह्वान
म्याग्दी – पश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशक बिष्णुप्रसाद अधिकारीले विद्यालय उमेर समुहका सबै बालबालीकालाई शिक्षाको पहुँचमा ल्याउन आव्हान गर्नुभएको छ ।
बेनी स्थित प्रकाश उच्च माविमा आईतबार आयोजित विद्यार्थी भर्ना अभियान २०७३ तथा निशूल्क पाठ्यपुस्तक वितरण कार्यक्रममा निर्देशक अधिकारीले बालबालीकालाई आधारभुत शिक्षा हाँसील गर्ने वातावरण बनाउन अभिभावक, विद्यालय, शिक्षक र सरोकारवालाहरुलाई अनुरोध गर्नुभएको हो ।
सरकारले ५ देखि १३ वर्ष उमेर समुहका सबै बालबालीकालाई विद्यालय शिक्षाको पहुँचमा ल्याउन विभिन्न कार्यक्रम मार्फत पहल गरेकाले भर्ना अभियानका क्रममा उनिहरुलाई विद्यालयमा भर्ना गर्न र विद्यालयमा नियमित उपस्थित भई पढ्ने वातावरण बनाउन सरोकारवालाहरुको सहयोग आवश्यक रहेको अधिकारीले बताउनुभयो ।
उक्त कार्यक्रममा प्रकाश उच्च माविमा भर्ना हुन आएका नयाँ विद्यार्थीहरुलाई फुल, अबिर लगाएर स्वागत गर्नुका साथै सरकारले उपलब्ध गराउने निशूल्क पाठ्यपुस्तक वितरण गरिएको थियो । कार्यक्रममा म्याग्दीका प्रमुख जिल्ला अधिकारी केशवराज आचार्य र स्थानीय विकास अधिकारी चिरञ्जिवी पौडेलको पनि उपस्थिती रहेको थियो ।
जिल्ला शिक्षा अधिकारी रामप्रसाद अधिकारीले बैशाख १४ गतेसम्म विद्यालयमा भर्ना हुन आउने विद्यार्थीलाई स्वागतका साथै पठनपाठनपनि सञ्चालन गर्ने र १४ गतेदेखि ३० गतेसम्म घरदैलो गरेर छुटेका बालबालीकालाई विद्यालयको पहुँचमा ल्याउन अभियान सञ्चालन गरेको बताउनुभयो ।
जिशिअ अधिकारीले म्याग्दीमा कक्षा ६ र ७ को पाठ्यपुस्तक अभाव भएको विषयमा क्षेत्रीय निर्देशकको ध्यानाकर्षण गराउनुभएको थियो । प्रकाश उच्च माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनबहादुर चर्माकारको अध्यक्षता, शिक्षक लेखबहादुर हमालको सञ्चालन र प्रअ हरिकृष्ण सुवेदीको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रिकामा पोको पारेको खानेकुरा खाँदा क्यान्सर हुन्छ ?
-
फ्राइडे रिलिज : देशभर ‘गौँथली’ प्रदर्शनमा
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
-
बागमती प्रदेशमा आजदेखि ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण