शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

ललितपुरको सातदोबाटोमा नगदसहितको झोला बेवारिसे अवस्थामा भेटियो

आइतबार, ०५ वैशाख २०७३, १५ : ०४
आइतबार, ०५ वैशाख २०७३
ललितपुर, बैशाख ५– ललितपुर प्रहरीले आइतबार बिहान सातदोबाटोबाट नगदसहितको झोला बेबारिसे अवस्थामा फेला पारेको छ । महानगरीय प्रहरी वृत सातदोबाटोबाट खटिएको प्रहरी टोलीले सातदोबाटो चोकवाट बेवारिसे अवस्थामा रहेको रातो रंगको नगदसहितको झोला फेला पारेको हो । झोलाभित्र नेपाली रुपयाँ ३७ हजार आठ सय ६५, भारतीय रुपयाँ १६५०, महिलाको कपडा र पुजा सामग्री भेटिएको र त्यसलाई सुरक्षित साथ राखिएको भन्दै प्रहरीले सम्वन्धित व्यक्तिलाई स–प्रमाण प्रहरी परिसर ललितपुरमा सम्पर्क राख्न अनुरोध गरेको छ । झोला प्रहरी जवान मक्कुलाल थारुले फेला पारेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप