झुसिलकिराको प्रकोपले बाख्रा मरे
आइतबार, ०५ वैशाख २०७३, १५ : ०५
म्याग्दी - जिल्लाको बेगखोलामा झुसिलकिराको प्रकोपले बाख्रा मर्न थालेका छन् । अहिलेसम्म ७३ वटा बाख्रा मरिसकेका छन् ।
दुई महिनायता नियमित जसो बाख्रा मर्न थालेका स्थानीय कृषक दुतबहादुर गर्बुजाले जानकारी दिनुभयो । बाख्रामा मुखबाट ¥याल निकाल्ने, पेट फुल्ने, ज्वरो आउनेलगायत लक्षण देखिने गरेको छ । स्थानीय भक्तबहादुर गर्बुजाको १९, खडानन्द शर्माको १४, चामबहादुर फगामीको १२, उत्तरबहादुर थजाली र गीताप्रसाद फगामीको आठ/आठ र निलप्रसाद गर्बुजा तथा खिमबहादुर बुढाको छ/छ वटा बाख्रा मरेका छन् । यस्तै कतिपय बाख्राले मरेका पाठापाठी जन्माउने तथा केही माउ बाख्रामा दुध नआउने समस्या देखिएको कृषकले बताएका छन् । लामो खडेरीको कारण जङ्गलमा फैलिएको झुसिलकिरा चरनका क्रममा खाएका कारण बाख्रा मर्ने गरेका जिल्ला पशु सेवा कार्यालयका वरिष्ठ पशु चिकित्सक दयाराम चापागार्इं बताउँछन् । “हामीले झुसिलकिरा फैलिएको क्षेत्रमा भेडाबाख्रालाई चरनका लागि नलैजान आग्रह गरेका छाँै” उहाँले भन्नुभयो । झुसिलकिराको बिखको कारण भेडाबाख्रा मरेका चापागाईंको भनाइ छ ।खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रिकामा पोको पारेको खानेकुरा खाँदा क्यान्सर हुन्छ ?
-
फ्राइडे रिलिज : देशभर ‘गौँथली’ प्रदर्शनमा
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
-
बागमती प्रदेशमा आजदेखि ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण