शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

लागूऔषध सहित दुई पक्राउ

आइतबार, ०५ वैशाख २०७३, १५ : ०८
आइतबार, ०५ वैशाख २०७३

म्याग्दी बैशाख ५– म्याग्दीको बेनीबाट लागु औषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बेनीको कालीपुल बसपार्क स्थित एक होटलबाट पोखरा उपमहानगरपालीका ६ का मनिष अधिकारी र पर्वतको आर्थर –५ का कृष्ण रानालाई लागु औषध सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरुको साथबाट डाईजापाम ईन्जेक्सन २९ थान, लुपिजेसि ईन्जेक्सन २८ थान, फेनरिगन २५ थान र गाजाँ ५ ग्राम बरामद गरीएको प्रहरी नायव उपरिक्षक विश्वराज खड्काले जानकारी दिए । शनिबार पक्राउ परेका उनिहरुलाई प्रहरीले आईतबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो ।

सवारी मजदुर रहेका उनिहरुले बाहिरी जिल्लाबाट बेनीमा लागुऔषध ओसार पोसार गर्ने कार्यमा संलग्न रहेको प्रारम्भिक अनुसान्धानबाट खुलेको छ । उनिहरुसंग थप अनुसन्धान जारी रहेको प्रनाउ खड्काले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप