शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

उपत्यकामा आगलागीका घटनामा कमी

आइतबार, ०५ वैशाख २०७३, १५ : ११
आइतबार, ०५ वैशाख २०७३

काठमाडौँ - गत वर्षको तुलनामा चालु आवमा काठमाडौँ उपत्यकामा आगलागीका घटनामा कमी आएको छ ।

हरेक वर्ष ३५० देखि ४०० सम्म आगलागीका घटना हुने गरेकामा यस वर्ष अहिलेसम्मको अवस्था हेर्ने हो भने बढीमा ३०० मात्र आगलागीका घटना हुन सक्ने जुद्ध वारुणयन्त्र काठमाडौँका प्रमुख किशोरकुमार भट्टराईले जानकारी दिए ।

उनका अनुसार आगलागीका घटना प्राकृतिक प्रकोप नभई मानवसिर्जित भएकाले पछिल्लो समय मानिसमा चेतनाको वृद्धि भई यस्ता किसिमका घटनामा कमी आएको हो । “उपत्यकामा हुने गरेका घटनाको ९० प्रतिशत मात्र नियन्त्रण हुँदै आएको छ । दमकलको अभाव, जनशक्तिको कमी र भौगोलिक बनावटका कारण १० प्रतिशत यस्ता घटनालाई नियन्त्रण गर्न समस्या हुने गरेको छ”, भट्टराईले भने ।

काठमाडौँ उपत्यकाबाहिर बढी मात्रामा जङ्गलमा बढी आगलागीका घटना हुँदै आएको छ । उपत्यकामा भने अत्यधिक रुपमा प्रयोग हुने विद्युतीय सामग्रीका कारण आवास र कार्यालयमा बढी आगलागीका घटना हुँदै आएको कामपाले जनाएको छ । चिसो मौसममा विद्युतीय सामानको बढी प्रयोग हुने हुँदा काठमाडौँ उपत्यकामा सोही समयमा नै यस्ता किसिमका घटना बढी हुने गरेको छ ।

यस वर्ष काठमाडौँ उपत्यकामा आगलागीका कारण चार जनाको ज्यान गइसकेको छ । मानवीय लापरबाही र गर्मी बढेका कारण पछिल्लो समय उपत्यका बाहिर सुनसरी, सप्तरी, रामेछाप, बाँके लगायत जिल्लामा आगलागीका घटना अत्यन्तै धेरै भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप