शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

कांग्रेसको आँखा सरकार होइन, संविधान कार्यान्वयनमा : नेता सिंह

आइतबार, ०५ वैशाख २०७३, १५ : २७
आइतबार, ०५ वैशाख २०७३

चितवन - नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि संविधान कार्यान्वयन आवश्यक रहेको बताएका छन् ।

नेपाली काँग्रेस भरतपुर उपमहानगरपालिकाले आज यहाँ आयोजना गरेको नयाँ वर्ष २०७३ को अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रममा नेता सिंहले यस्तो बताएका हुन् । पछिल्लो समयमा देखापरेको राजनीतिक अस्थिरताका कारण पुनः निर्माण प्राधिकरणले काम गर्न नसकेको भन्दै हरेक समस्याको समाधान वार्तामार्फत गर्न आवश्यक रहेको बताए । अब पार्टीको ध्यान संविधान कार्यान्वयनतर्फ केन्द्रित हुने भन्दै उनले तत्काल काँग्रेस सरकारमा नजाने बताए । काँग्रेस प्रतिपक्षमा नै बसेर जनताका मागलाई सडक र सदन दुवैबाट उठाउने उनले उल्लेख गरे ।

दलहरु जिम्मेवार बन्न नसक्दा आन्दोलनका उपलब्धि संस्थागत हुन नसकेको भन्दै उनले आन्दोलनका उपलब्धि संस्थागत गर्नका लागि काँग्रेस लागिपर्ने बताए । कार्यक्रममा नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ, सांसदहरु अन्जनी श्रेष्ठ, विष्णुमाया परियारले समसामयिक राजनीतिक अवस्था बारेमा बोलेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप