शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

नेपालको संविधान सगरमाथामा फहराइने

आइतबार, ०५ वैशाख २०७३, १५ : ३५
आइतबार, ०५ वैशाख २०७३
काठमाडौँ - नेपाल विद्यार्थी सङ्घको स्थापना दिवसका अवसरमा नेविसङ्घ धुलाबारी क्याम्पसका नेता अनिश लुइँटेलले सङ्घको झन्डा र नेपालको संविधान सगरमाथा फहराउने भएका छन् । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा नेविसङ्घका केन्द्रीय अध्यक्ष रञ्जित कर्णले नेपाल र नेविसङ्घको झन्डा तथा नेपालको संविधान आरोही लुइँटेललाई हस्तान्तरण गर्दै नेविसङ्घको झन्डा आफ्नो प्रतिनिधिमार्फत विश्वको सर्वोकृष्ट चुचुरोमा पठाउन पाएकामा खुसी व्यक्त गरे । उनले भने, “युवाले मुलुकमा विकास चाहेकाले अब मुलुकमा आर्थिक क्रान्ति आवश्यक छ ।” लुइँटेलले आफू सानैदेखि नेविसङ्घमा लागेको र अहिले सगरमाथा चढ्न जाँदा नेविसङ्घको झन्डा र नेपालको संविधानलाई लैजान लागेको जानकारी दिए । उनी १३ विदेशी टोलीसहित मङ्गलबार काठमाडौँबाट सगरमाथा जाँदै छन् । बाइस वर्षीय लुइँटेल पहिलो पटक सगरमाथाको आरोहण गर्दै हुनुहुन्छ । उनले यसभन्दा पहिले अन्नपूर्ण, कञ्चनजङ्घा, आइल्यान्ड पिक लगायतको पदयात्रा गरिसकेका छन् । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप