शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

पूर्व परराष्ट्रमन्त्री पाण्डे चीनका राजदूत : एकैपटक डेढ दर्जन राजदूत सिफारिस

मङ्गलबार, ०७ वैशाख २०७३, २० : १४
मङ्गलबार, ०७ वैशाख २०७३

काठमाडौं – सरकारले एकैपटक डेढ दर्जन राजदूतलाई सिफारिस गरेको छ । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले सो निर्णय गरेको हो । सिफारिस हुनेमा पूर्व मन्त्रीदेखि राजनीतिक दलका नेता र कर्मचारी रहेका छन् । परराष्ट्रमन्त्री कमल थापाका प्रेस संयोजक मोहन श्रेष्ठले राजदूत सिफारिस भएको जानकारी दिए ।

लामो समयदेखि दूतावास खाली रहेको कारण एकैपटक यति धेरै राजदूत नियुक्ति भएको हो । राजनीतिक भागबण्डा नमिल्दा लामो समयदेखि राजदूत नियुक्तिमा निर्णय हुन सकेको थिएन ।

एमाओवादीबाट चार जना राजदूत रहेका छन् भने राप्रपा नेपालबाट ३ जना रहेका छन् । निरन्जन थापा, महेन्द्रबहादुर पाण्डे, युवराज कार्की पूर्वमन्त्री हुन् ।

यस्ता छन् नियुक्त भएका राजदूतहरु : डा. दुर्गाबहादुर सुवेदी—बेलायत, डा. महेन्द्रबहादुर सिंह— कतार, महेन्द्रबहादुर पाण्डे—चीन, युवराज कार्की— दक्षिण कोरिया, नारदनाथ भारद्वाज—श्रीलंका, लक्की शेर्पा—अस्ट्रेलिया , निरन्जन थापा—रसिया, खगेन्द बस्नेत—बंगलादेश, खडक केसी—जापान, ताराप्रसाद पोखरेल—ब्राजिल, ऋषिराम घिमिरे—म्यानमार, युगनाथ लम्साल—डेनमार्क, रमेश खनाल—जर्मनी ,  प्रकाश सुवेदी—अस्ट्रिया, लोकबहादुर थापा—बेल्जियम,  झविन्द्र अर्याल—इजिप्ट, सेवा अधिकारी—पाकिस्तान, भरतबहादुर रायमाझी—युएई, पदम सुन्दास - बहराइन, डा.शिवमायाँ तुम्बाहाम्फे - इजरायल, अलि मिकरानी-साउदी अरेबिया

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप