प्रेम विवाह गरेकी युवतीलाई घर फर्काएपछि आत्महत्या
मङ्गलबार, ०७ वैशाख २०७३, २० : २४
जाजरकोट –जाजरकोटको लहँ गाविस वडा नं ४ कि सुस्मिता थापाले आत्महत्या गरेकी छिन् । कक्षा १२ मा भानभक्त उच्च मावीमा कक्षा १२ पढ्दै गरेकी २० वर्षीया थापाले घरभित्र डोरीमा भुण्डिएर आत्महत्य गरेको स्थानीय हरिष रावलले जानकारी दिए ।
वैशाख ३ गते डाडागाउँ गाविस वडा नं ५ का कालीबहादुर पुनसँग प्रेम विवाह गरेकी थापालाइ माईतीले जबरजस्ती वैशाख ४ गते माईतीमै ल्याएपछि मंगलवार दिउसो आत्महत्या गरेको स्थानियले वताएका छन् ।
अभिवावकको ईच्छा विपरित विवाह गरेको भन्दै थापालाई विवाह गर्न वाट रोकिएको थियो ।
यता, आँवुखैरेनी नगरपालिका–६ निवासी ५० वर्षीया निरमाया खवासले आज घर नजिकै आत्महत्या गरेकी छिन् ।
मृतक खवासले ज्याला मजदुरी गरी जीविका चलाउँदै आएको बताइएको छ । उनको आत्महत्याको कारण गरिबी रहेको अनुमान गरिएको इलाका प्रहरी कार्यालय आँवुखैरेनीका प्रहरी सहायक निरीक्षक खेमराज श्रेष्ठले जानकारी दिए ।
त्यस्तै, शुक्लागण्डकी नगरपालिका–१० की एक युवतीले आज आत्महत्याको प्रयास गरेकी छिन् । आत्महत्या गर्न लागेको देखेपछि स्थानीयले युवतीको उद्धार गरेका थिए । युवतीको अहिले पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण