शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

शाहरुखको चलचित्रले कमायो ४ दिनमा ५८ करोड भारु

मङ्गलबार, ०७ वैशाख २०७३, २० : २८
मङ्गलबार, ०७ वैशाख २०७३

शाहरुख खानको नयाँ चलचित्र फ्यानले राम्रो प्रतिक्रिया बटुलिरहेको छ । तर सोमबार बक्स अफिसमा यो चलचित्र अन्य दिनको तुलनामा कम पैसा कमाउन सफल रह्यो । शुक्रबार राम्रो सुरुआत गर्दै यो चलचित्रले १९ दशमलव २० करोड कमाएको थियो । शनिबार १५ दशमलव ४० भारु करोड भारु कमाएको यो चलचित्रले आइतबार १७ दशमलव ७५ करोड भारु कमायो । तर चलचित्रले सोमबार ६ दशमलव ०५ करोड भारुको मात्रै व्यापार गर्यो ।

सोमबार राम्रो नचलेपनि यस चलचित्रले ३ वटा रेकड तोसिकेको छ । यो सन् २०१६ मा रिलिज भएकै दिन सबैभन्दा धेरै कमाउने चलचित्र हो । त्यस्तै यस वर्ष रिलिज भएकै पहिलो हप्ता धेरै कमाउने चलचित्र पनि यही हो ।

यसबाहेक पाकिस्तानमा सुरुआती दिन सबैभन्दा धेरै कमाउने बलिउड चलचित्रको रेकर्ड पनि यसले राखेको छ । यो चलचित्र प्रवद्र्धन खर्च समेत जोडेर जम्मा १ करोड ५ लाख भारुमा निमार्ण भएको हो । त्यसैले सुरुआती  व्यापारका कारण यस चलचित्र फाइदामा गइसकेको छ किनकी भारतमा मात्रै ५८ करोड भारु कमाएको यस चलत्रिले विश्वभरबाट १  सय १४ करोड कमाइसकेको छ । यस चलचित्रले दोस्रो साताको अन्त्यसम्म भारतबाट मात्रै १ करोड ५० लाख भारु संकलन गर्ने अनुमान लगाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप