मोडल जोया श्रेष्ठको पहिलो म्यूजिक भिडियो ‘तिम्रो यादमा’ सार्वजनिक (भिडियोसहित)
नेपाली कलाकारिता क्षेत्रमा नयाँनयाँ अनुहार दिनप्रतिदिन आइरहेका छन् । यस क्षेत्रमा सामना गर्नुपर्ने विभिन्न बाधा, अड्चनका कारण सबैजना टिकिरहन भने सक्दैनन् । तर, कलाकारिता दुनियाँमा नै आफ्नो परिचय बनाउन चाहनेहरु यो क्षेत्र छोड्न सक्दैनन् ।
त्यसै मध्येकी एक मोडल हुन् जोया श्रेष्ठ । गत साल २०७२ देखि औपचारिक रुपमा नेपाली कलाकारिता क्षेत्रमा प्रवेश गरेकी जोया अहिले निरन्तर रुपमा यसमा लागिपरेकी छिन् ।
मोडल जोया अभिनित पहिलो म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘तिम्रो यादमा’ बोलको गीत सार्वजनिक भएको हो ।
भिडियोले दर्शकको मन जित्ने निर्माण युनिटको विश्वास रहेको छ ।
दिपेश श्रेष्ठको निर्देशनमा बनेको म्यूजिक भिडियोमा पल शाह र जोया श्रेष्ठले अभिनय गरेका छन् । उक्त गीतमा सिमा गुरुङको एमयुए रहेको छ । निशान घिमिरेको प्रस्तुती रहेको म्यूजिक भिडियो सङस नेपालले बजारमा ल्याएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण