पानीको प्यास मेटाउन बर्दिबासबासी आउँदो दशैं कुर्दै
बर्दिबास–हरेक बर्ष हिउँदमा खानेपानीको चरम समस्या भोग्दै आएका महोत्तरी बर्दिबासका स्थानीयवासी प्यास मेटाउन आउँदो दशैं कुर्नैपर्ने भएको छ । दुई महिनाअघि सुरु गरिएको नयाँ खानेपानी आयोजनाको काम युद्धस्तरमा भइरहेको छ । योजना सुरुवात भएको छोटो समयमा २० प्रतिशतको हाराहारीमा निर्माण काम पुगेको छ । अहिले पानीको मुहान निर्माणको काम अहोरात्र खटेर कामदारहरुले गर्दैछन् । पानीको मुहान सोचेभन्दा राम्रो फेला परेको छ ।
एसियाली विकास बैंकको अधिक लगानी रहेको खानेपानी आयोजनाकोे निर्माण कामको ठेक्का ४ करोड ३८ लाखमा नेपाल सरकारले आशिष निर्माण सेवा प्रा.लि. भरतपुरलाई दिएको छ । रातु पुलभन्दा करीब दुई किलो मिटर उत्तरतिर निर्माणाधिन खानेपानी आयोजना सम्पन्न गराउन शिक्षामन्त्री गिरीराजमणी पोखरेलको निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्र्तगत २२ लाख रुपैयाँ सहयोग प्राप्त भएको स्रोतले जनाएको छ ।
एसियाली विकास बैंकको ७० प्रतिशत अनुदान, २५ प्रतिशत ऋण (५ प्रतिशको ब्याजका दरले) र योजना सम्पन्न गराउन उपभोक्त संस्था बर्दिबास साना शहरी खानेपानीले ५ प्रतिशत रकम हालेपछि खानेपानी आयोजनाले गति लिएको हो । बर्दिबासवासीलाई आउँदो दशैंमा नयाँ आयोजनाको पानी खुवाउने गरि काम भइरहेको निर्माण कम्पनीका साइड प्रतिनीधि जीवन रानाले बताए । उनले भने, ‘३ लाख ६० हजार लिटरको खानेपानी आयोजना छ , जसले प्रति सेकेन्ड १७ लिटर प्रशोधित पानी उत्पादन गर्दछ ।’ ‘मुहानदेखि मुखसम्मको स्वच्छ खानेपानी उपभोक्तालाई दिन हामी लागि परेका छौं,’ बर्दिबास साना शहरी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष चुडामणी पोखरेलले भने, ‘२०६८ सालदेखि देखेका थप खानेपानी आयोजनाको सपना साकार हुँदैछ ।’ उपभोक्ता संस्थाले योजना संचालन गर्न २०६८ सालदेखि निरन्तर पहलकदमी लिइएको थियो ।’
निर्माणधिन खानेपानी आयोजनाको मंगलबार बिहान स्थलगत अनुगमन गर्न पुगेका बर्दिबास नगरपालिकाका कार्यकारी अधिकृत रामकुमार कार्कीले अवलोकनपछि रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘नयाँ खानेपानीको आयोजनाले बर्दिबासबासीको खानेपानी टटकारो समस्यालाई पुरा गर्नेमा आफू विश्वस्त रहेको बताए । बर्दिबास नगरपालिकाले ‘एक घर एक चर्पी, एक घर एक धारा’को अभियानमा आयोजनाले ठूलो सहयोग गर्ने उनले बताए ।’
शहरको विकासको दृष्टिले विकसित बनिरहेको बर्दिबासको प्रगतिको लागि खानेपानीको पहिलो भूमिका रहेको उद्योग वाणिज्य संघ बर्दिबासका सदस्य सुदिप कार्कीले बताए । आयोजना निर्माण कार्य सम्पन्न भएपछि बर्खायाममा धमिलो पानी खाने बाध्याता हट्ने उपभोक्ता संस्थाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण